प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

चोरी तथा डाँका सम्बन्धी कसूरमा संलग्न पाँच जना पक्राउ

२०८२-०२-०१

  • A
  • A-
  • A+
Share

कास्की, चोरी तथा डाँका सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तनहुँ शुक्लागण्डकी नगरपालिका-१० शांखे घर भएका २६ वर्षीय कट्टप्पा भन्ने सुवास विक, उनकै ठूलो बुवाको छोरा २३ वर्षीय बिमल विक, सुवासकै मामा पोखरा महानगरपालिका-१० गौरीमार्ग बस्ने स्याङ्जा पुतलीबजार नगरपालिका-९ काल्खु घर भएका ५३ वर्षीय दुर्गा बहादुर थापा एवम् सुवासकै फुपुको छोराहरू तनहुँ शुक्लागण्डकी नगरपालिका-११ दुर्गे घर भएका २२ वर्षीय गणेश सुनार तथा पोखरा महानगरपालिका-२ बस्ने स्याङ्जा पुतलीबजार नगरपालिका-९ काल्खु घर भएका ३३ वर्षीय सुरेश विक रहेका   छन् । 

पोखरा महानगरपालिका वडा नम्बर २६, ३०, ३१ र ३२ लगायतका विभिन्न स्थानहरूमा चोरी भएको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट करिब १२ तोला ८ लाल बराबरको सुनका विभिन्न गरगहना र करिब २४ तोला बराबरको चाँदीका विभिन्न गरगहना एवम् चोरीमा प्रयोग भएको ग.२२ प ४९८९ नम्बरको मोटरसाइकल र ग.२१ प ६७५३ नम्बरको स्कुटर समेत बरामद गरेको छ । उनीहरूले हाल सम्म पोखराको ९ स्थान र तनहुँको ३ स्थान गरी १२ वटा घरमा चोरी गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । 

उनीहरू उपर चोरी तथा डाँका सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
बाह्‍य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रा सहित एक जना पक्राउ
२०८२-११-१३

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाबाट बाह्‍य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर १० हजार ५ सय, युरो २६ हजार ७ सय,  चाइनिज युआन ७ हजार ४ सय र Fem hundra kronor (स्विडेन) ४३ हजार सहित स्वीडिस नागरिक ५१ वर्षीया KUNCHOK KHANDRO मंगलबार बिहान पक्राउ परेकी छिन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले सिचुवान एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट चीन जान लागेकी उनलाई जाँच गर्ने क्रममा उनको ब्यागबाट उक्त मुद्राहरू फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।