अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८२-०२-०४
- A
- A-
- A+
काठमाडौं महानगरपालिका-१६ पकनाजोलबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ करिब १ किलो ६० ग्राम सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रोल्पा सुनिल स्मृति गाउँपालिका-५ घर भएका ४५ वर्षीय रूद्र बहादुर थापा र ३६ वर्षीय राकेश परियार रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
नुवाकोट, ककनी गाउँपालिका-१ ओखरपौवाबाट अवैध लागूऔषध गाँजा करिब ४ किलोग्राम सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-४ हिलेखर्क बस्ने ५५ वर्षीया कान्छी माया तामाङ र ३९ वर्षीया सुनिता तामाङ रहेका छन् । प्रहरी चौकी ओखरपौवाबाट खटिएको प्रहरीले चित्रेबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०१-००६ ख ४५७१ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।