प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लुकाई छिपाई ल्याएको सुन सहित कन्टेनर चालक पक्राउ

२०८२-०२-०४

  • A
  • A-
  • A+
Share

रसुवा, गोसाईकुण्ड गाउँपालिका-२ रसुवागढीबाट करिब ७ किलो ६ सय ५३ ग्राम सुन सहित सोही गाउँपालिका-५ बस्ने २४ वर्षीय किशोर कुमार भुजेललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय रसुवाबाट खटिएको प्रहरीले चीनबाट नेपालतर्फ आउँदै गरेको बा.४ ख ६२०१ नम्बरको कन्टेनरलाई जाँच गर्ने क्रममा कन्टेनरको चालक साईडको ढोकाभित्र फल्स बटम बनाई लुकाई छिपाई ल्याएको उक्त सुन फेला पारी चालक किशोरलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-११-२७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर, ललितपुर महानगरपालिका-१ बस्ने मोरङ पथरी शनिश्चरे नगरपालिका-३ घर भएका २२ वर्षीय सम्योग राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । राईले ग्रीस पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-१३ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशीक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।