जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०२-०५
- A
- A-
- A+
तेह्रथुम, ५९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा छथर गाउँपालिका-५ भोर्ले बस्ने ४५ वर्षीय योगेन्द्र भन्ने सार्के लिम्बुलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
लिम्बुले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी चौकी ओख्रेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।