प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

करिब २ सय २३ किलो गाँजा सहित सर्लाही र बाँकेबाट चार जना पक्राउ

२०८२-०२-०६

  • A
  • A-
  • A+
Share

सर्लाही, लालबन्दी नगरपालिका-१४ स्थित डाइनी खोलाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब १ सय १२ किलोग्राम सहित सोही नगरपालिका-१४ बस्ने ४२ वर्षीय सोम बहादुर तामाङलाई सोमबार राति प्रहरीले पक्राउ गरेको   छ । इलाका प्रहरी कार्यालय लालबन्दी र प्रहरी चौकी पत्थरकोटबाट खटिएको प्रहरीले डाइनी खोलामा रोकी राखेको बिआर ३२ एएन ०८१७ नम्बरको स्कारपियो र लु.३३ प ३८९४ नम्बरको मोटरसाइकललाई जाँच गर्न खोज्दा प्रहरी टोलीलाई देख्नासाथ ३ जना फरार भएको र सोम बहादुरलाई नियन्त्रणमा लिई स्कारपियो तलासी गर्दा डिकी भित्र प्लाष्टिकमा प्याकिङ्ग गरी राखेको २१ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला परेको हो । 

बाँके, डुडुवा गाउँपालिका-४ लालापुर्वाबाट अवैध लागूऔषध गाँजा करिब १ सय ११ किलोग्राम सहित नेपालगंज उपमहानगरपालिका-६ बस्ने २२ वर्षीय दिपेश चौरासिया समेत ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
२०८२-०३-०७

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन भन्सार एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब ५ किलो ६ सय २५ ग्राम सहित थाइल्याण्डका नागरिक २८ वर्षीय KOPA CHANSA शुक्रबार दिउँसो पक्राउ परेका छन् । एयर ईण्डियाको उडानद्वारा दिल्लीबाट काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा उनको लगेजबाट उक्त वस्तु फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० बसपार्कस्थित सेन्टर पार्क होटलबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम ८४ ट्याब्लेट, ट्रामाडोल १० ट्याब्लेट, नुर्फिन ३ एम्पुल, फेनारगन ३ एम्पुल, डाईजेपाम ३ एम्पुल र मोबाइल ४ थान सहित ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हेटौंडा उपमहानगरपालिका-७ बस्ने २० वर्षीय शुकलाल स्याङतान, १८ वर्षीय किशोर र पर्सा वीरगंज महानगरपालिका-२ बस्ने २४ वर्षीय सुरेश पाण्डे रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उक्त होटलको कोठा नम्बर १०४ तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भिमान समेतबाट खटिएको प्रहरीले जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश २-०२-००३ प ७६३४ नम्बरको मोटरसाइकल चालक धनुषा शहिदनगर नगरपालिका-८ बस्ने २२ वर्षीय रजनिश यादवलाई नियन्त्रित लागूऔषध नाईट्राजेपाम २८ ट्याब्लेट र स्पास्मो ८ ट्याब्लेट र काँकरभिट्टाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.५ ख ६०२३ नम्बरको हायसमा सवार मोरङ मिक्लाजुङ गाउँपालिका-१ बस्ने ३१ वर्षीय बद्री पुरीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ८ सय ७० मिलिग्राम सहित फेला पारी पक्राउ गरेको हो ।  रूपन्देही, सिद्धार्थनगर नगरपालिका-८ अंचलपुरबाट नियन्त्रित लागूऔषध डाईजेपाम ६० एम्पुल, बुप्रेनोर्फिन ६० एम्पुल र प्रोमेथाजाइन ६० एम्पुल सहित पर्वत घर भएका ३५ वर्षीय रेशम कुवरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरीले बेलहियाबाट बुटवलतर्फ जाँदै गरेको लु.२ ख ०४१७ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  झापा, दमक नगरपालिका-५ बाट अवैध लागूऔषध खैरो हेरोइन ५ सय ५० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ८ सय ट्याब्लेट, एनारगन ८ सय ट्याब्लेट र नगद १० हजार ५ सय रूपैयाँ सहित ४ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने गौरादह नगरपालिका-४ घर भएका २४ वर्षीय अनुभव दर्नाल, दमक नगरपालिका-१ घर भएका २६ वर्षीय सुरज कुमाल, सोही नगरपालिका-६ घर भएका २९ वर्षीय सुमन दर्जी र सोही नगरपालिका-७ घर भएका ३४ वर्षीय बिर बहादुर पौडेल रहेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, पुनर्वास नगरपालिका-६ स्थित सम्राट होटलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ७३ ग्राम २ सय ६० मिलिग्राम सहित २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पुनर्वास नगरपालिका-६ बस्ने ५० वर्षीय दिपक विसी र दार्चुला महाकाली नगरपालिका-३ बस्ने ४२ वर्षीय नरसिंह महरा रहेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलाली, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको संयुक्त टोलीले उक्त होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्रउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-३ शहिद गेटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ५ सय २० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१३ बस्ने २७ वर्षीय जिवन चौधरीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको  छ । अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१० घुईयाँघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय सरोज रानालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, टिकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ५० मिलिग्राम सहित सोही नगरपालिका-१ पशु हाटबजार बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बाँके, कोहलपुर नगरपालिका-२ विकासनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय डिल बहादुर पुन मगरलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, पथरीशनिश्चरे नगरपालिका-१० मनकामना चोक बस्ने ३६ वर्षीय बरूण लिम्बुलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ९ सय ४० मिलिग्राम र नगद १५ हजार रूपैयाँ सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
२०८२-०३-०६

काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वरस्थित पाहुना गेष्ट हाउसबाट अवैध लगूऔषध गाँजा ४ किलो १ सय ग्राम सहित रामेछाप मन्थली नगरपालिका-१० घर भएका ३० वर्षीय सुरेश पुलामी मगरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्‍वरबाट खटिएको प्रहरीले उक्त होटलको कोठा नम्बर २०६ तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं महानगरपालिका-१४ बल्खुबाट नियन्त्रित लागूऔषध डाईजेपाम २२ एम्पुल, नुर्फिन ३२ एम्पुल र  फेनारगन ३२ एम्पुल सहित ललितपुर सानेपा बस्ने ताप्लेजुङ घर भएका २७ वर्षीय गोपाल प्रधानलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं महानगरपालिका-९ गौशलास्थित रोयल सिराह गेष्टहाउसबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १८ ग्राम सहित सोही महानगरपालिका-३२ कोटेश्‍वर बस्ने दोलखा भीमेश्वर नगरपालिका-३ घर भएका २६ वर्षीय आशिष राउतलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्‍वरबाट खटिएको प्रहरीले उक्त होटलको कोठा नम्बर २ तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।  कञ्चनपुर, बेलडाँडी गाउँपालिका-३ कान्छी बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ३० मिलिग्राम सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेदकोट नगरपालिका-१० दैजी बस्ने ३२ वर्षीय केशब बिष्ट, बेलडाँडी गाउँपालिका-५ झिलमिला बस्ने २५ वर्षीय नरेन्द्र प्रसाद भट्ट र भीमदत्त नगरपालिका-४ महेन्द्रनगर बस्ने २८ वर्षीया लक्ष्मी चन्द रहेका छन् । इलाका प्रहरी कार्यालय बेलडाँडी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको १ थान मोटरसाइकल समेत बरामद गरेको छ । कैलाली, टिकापुर नगरपालिका-९ बालुवाटारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय मिलिग्राम सहित ५ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका-१ बस्ने २३ वर्षीय अम्मर शाही, २० वर्षीय लक्ष्मण बुढाथोकी, १९ वर्षीय रेशम जैसी, १९ वर्षीय खगेन्द्र भण्डारी र १७ वर्षीय किशोर रहेका छन् । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, भद्रपुर नगरपालिका-५ देवीबस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय जांगिर सेखलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । दाङ, गढवा गाउँपालिका-६ गढवा बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय मिलिग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरोको छ । पक्राउ पर्नेहरूमा भारत बलरामपुर बस्ने २९ वर्षीय मोहम्मद हकीम र ४० वर्षीय मोहद हाफु रहेका छन् । इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले कोईलाबासदेखी गढवातर्फ आउँदै गरेको  युपि ४७ एएच ८७३९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८२-०३-०५

 काठमाडौं महानगरपालिका-१५ अजिमा हल नजिकै डेरा गरी बस्ने धनुषा जनकपुर घर भएकी २० वर्षीया मनिषा ठाकुरलाई नियन्त्रित लागूऔषध ट्रामाडोल २१ हजार ५ सय ट्याब्लेट, फेनारगन २ सय ६० एम्पुल, डाईजेपाम २ सय ६० एम्पुल, नोर्फिन २ सय ६० एम्पुल र नगद २ लाख २५ हजार ८ सय रूपैयाँ सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।   तनहुँ, शुक्लागण्डकी नगरपालिका-६ अर्चलेबाट अवैध लागूऔषध गाँजा २ किलो ६ सय १० ग्राम र नगद १५ हजार ५ सय रूपैयाँ सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-७ बस्ने २० वर्षीय विपिन नेपाली र सोही नगरपालिका -६ बस्ने २० वर्षीय पदम नेपाली रहेका छन् । इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले थर्पुबाट खैरेनीटारतर्फ आउँदै गरेको ग.२३ प ४५११ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । चितवन, राप्ती नगरपालिका-९ अमृतपानीबाट अवैध लागूऔषध गाँजा ५ किलो १ सय ग्राम सहित खैरहनी नगरपालिका-१३ सिम्रनी बस्ने ५६ वर्षीय उपेन्द्र महतोलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले सिद्धिबाट अमृतपानीतर्फ आउँदै गरेको बा.१५ प ३६४१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक उपेन्द्रलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२-०३-०४

कञ्चनपुर, भीमदत्त नगरपालिका-११ गड्डाचौकीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय २० मिलिग्राम सहित सोही नगरपालिका-६ बस्ने २६ वर्षीय राजेश गुरूङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कञ्चनपुर, बेलौरी नगरपालिका-७ खैरानाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय १० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पुनर्वास नगरपालिका-१ पुरैना बस्ने ३८ वर्षीय कञ्चनजंग चौधरी र २२ वर्षीय अर्जुन राना रहेका छन् । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बारा, जीतपुरसिमरा उपमहानगरपालिका-८ बाट अवैध लागूऔषध गाँजा करिब २२ किलोग्राम सहित सोही उपमहानगरपालिका-८ लोसण्डा बस्ने ४५ वर्षीय रामपुकार सहनीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-६ ढलान रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २३ ग्राम ३ सय ६० मिलिग्राम सहित धनकुटा छथर जोरपाटी गाउँपालिका-१ बस्ने २९ वर्षीय दिलिप गजमेर (विश्वकर्मा) लाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकही र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, कोशी गाउँपालिका-८ तीनकुनेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ५ मिलिग्राम सहित सप्तरी महादेवा गाउँपालिका-२ बस्ने २२ वर्षीय मुकेश कुमार मण्डललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भाण्टाबारी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०२-०५६ प ८०७४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक मुकेशलाई पक्राउ गरेको हो । साथै प्रहरीले सोही मोटरसाइकलमा सवार १ जनालाई आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । यसैगरी सुनसरी, कोशी गाउँपालिका-१ भन्सारटोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७ सय मिलिग्राम सहित धनकुटा पाख्रिवास नगरपालिका-९ बस्ने २७ वर्षीय रोशन तिम्सिनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेका छ । इलाका प्रहरी कार्यालय लौकही र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरवाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   कास्की, पोखरा महानगरपालिका-८ प्रतिभा मार्गबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल १ हजार ५० ट्याब्लेट र मोबाइल ५ थान सहित ४ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१७ घारिकुलो बस्ने स्याङ्जा पुतलीबजार नगरपालिका-५ घर भएका २५ वर्षीय राजेश बहादुर पौडेल, पोखरा महानगरपालिका-८ प्रतिभामार्ग बस्ने चितवन घर भएकी २३ वर्षीया रोज कुँवर, सोही महानगरपालिका-७ पुरानो एयरपोर्ट बस्ने स्याङ्जा पुतलीबजार नगरपालिका-५ घर भएका २८ वर्षीय मनोज रेग्मी र पोखरा महानगरपालिका-१७ घारिकुलो बस्ने स्याङ्जा पुतलीबजार नगरपालिका-२ घर भएका २८ वर्षीय राज बहादुर पौडेल रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको ग.१७ प ७२३३ नम्बर र ग.१४ प ३३५९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  यसैगरी कास्की, पोखरा महानगरपालिका-५ मालेपाटनबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल ५० ट्याब्लेट र मोबाइल १ थान सहित सोही महानगरपालिका-१८ लामागाउँ बस्ने स्याङ्जा पुतलीबजार नगरपालिका-२ घर भएका २६ वर्षीय सुजिव शाक्यलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको ग.७ प ८५५७ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करिब २ हजार १ सय किलोग्राम गाँजा सहित दुई जना पक्राउ
२०८२-०३-०३

सुनसरी, इटहरी उपमहानगरपालिका-२० स्थित तरहरा जंगल नजिकैबाट अवैध लागूऔषध गाँजा करिब २ हजार १ सय किलोग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा सहिदभुमि गाउँपालिका-६ बस्ने ३२ वर्षीय राजेन्द्र राई र ३३ वर्षीय सुनिल राई रहेका छन् । इलाका प्रहरी कार्यालय इटहरी सुनसरीबाट खटिएको प्रहरीले धरानबाट इटहरीतर्फ आउँदै गरेको ना.५ ख ६११६ नम्बरको नम्बर प्लेट राखिएको मिनि ट्रकलाई जाँच गर्ने क्रममा ७० वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी ट्रक चालक राजेन्द्र र ट्रकमा सवार सुनिललाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित सात जना पक्राउ
२०८२-०३-०३

धनकुटा, साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट अवैध लागूऔषध गाँजा २ किलोग्राम सहित सहिदभूमि गाउँपालिका-२ बस्ने १९ वर्षीय बबिन लिम्बुलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको को.१ ज ३३२३ नम्बरको बोलेरोमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । नवलपरासी पूर्व, बिनयी त्रिवेणी गाउँपालिका-७ बाट नियन्त्रित लागूऔषध प्रोक्सिको स्पास ४ सय ५७ क्याप्सुल सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नवलपरासी पश्चिम बर्दघाट नगरपालिका-४ बस्ने २३ वर्षीय केशव दर्जी र ३७ वर्षीय प्रकाश दमाई रहेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ग.२ प ३२६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । पर्सा, वीरगंज महानगरपालिका-१० रजतजयन्ती चोकबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ १ किलो २० ग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पटेर्वा सुगौली गाउँपालिका-६ बस्ने ३५ वर्षीय रामेश्वर राउत र ४० वर्षीय विनोद गिरी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज र वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरीले बसपार्कबाट रक्सौलतर्फ जाँदै गरेको ना.४० प ६४६९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरको हो । साथै प्रहरीले ना.४६ प २५४० नम्बरको मोटरसाइकलमा सवार २ जनालाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।