प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

चोरीमा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

२०८२-०२-०५

  • A
  • A-
  • A+
Share

झापा, मोटरसाइकल र अटो टेम्पो चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका-३ घर भई कन्काई नगरपालिका-६ बुद्धचोक बस्ने २८ वर्षीय रन्जित राजवंशी, २६ वर्षीय प्रदिप राजवंशी, २० वर्षीय  कुमार राजवंशी र बिर्तमोड नगरपालिका-७ बस्ने २७ वर्षीय जागिर आलम रहेका छन् ।

झापा जिल्लाको विभिन्न स्थानमा मोटरसाइकल चोरी भएको घटनाको अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले चोरीमा संलग्न उनीहरूलाई चोरीका ४ वटा मोटरसाइकल र एउटा अटो टेम्पो सहित पक्राउ गरेको हो । उनीहरूले बिर्तामोड एरियाका विभिन्न स्थानहरूबाट मे.८ प २११६ नम्बर, प्रदेश १-०१-०१५ प ९२४२ नम्बर, मे.९ प ३६१८ नम्बर र प्रदेश ३-०२-००९ प ५१२७  नम्बरको मोटरसाइकल तथा मे.१ ह ४८९६ नम्बरको अटो टेम्पो चोरी गरी वास्तविक नम्बर प्लेट परिवर्तन गरेर चलाउँदै आएको अनुसन्धानको क्रममा खुल्न आएको छ । 

उनीहरू उपर चोरी सम्बन्धी कसूरमा इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-११-२७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर, ललितपुर महानगरपालिका-१ बस्ने मोरङ पथरी शनिश्चरे नगरपालिका-३ घर भएका २२ वर्षीय सम्योग राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । राईले ग्रीस पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-१३ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशीक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।