प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

चोरीमा संलग्न रहेको अभियोगमा ९ जना पक्राउ

२०८२-०२-०६

  • A
  • A-
  • A+
Share

भक्तपुर, स्कुटर चोरीमा संलग्न रहेको अभियोगमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं गोकर्णेश्‍वर नगरपालिका-५ बस्ने ओखलढुङ्गा घर भएका १९ वर्षीय अबिन श्रेष्ठ, सोही नगरपालिका-९ बस्ने मकवानपुर घर भएका १९ वर्षीय पेम्बा मोक्तान, सोही नगरपालिका-८ बस्ने सिन्धुपाल्चोक घर भएका १९ वर्षीय आयुष गोले तथा अन्य ६ जना १८ वर्षीय किशोरहरू रहेका छन् । 

भक्तपुर मध्यपुर थिमी नगरपालिका-९ बाट बा.५७ प ९९५७ नम्बरको स्कुटर शुक्रबार र सोही नगरपालिका-८ बोडेबाट बा.७७ प ३३५९ नम्बरको स्कुटर आइतबार चोरी भएको घटनाको अनुसन्धानको क्रममा प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरीले चोरीमा संलग्न उनीहरूलाई मध्यपुर थिमी नगरपालिका-९ बाट चोरी भएको स्कुटरहरू सहित फेला पारी पक्राउ गरेको हो । 

उनीहरू उपर चोरी सम्बन्धी कसूरमा म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-११-२७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर, ललितपुर महानगरपालिका-१ बस्ने मोरङ पथरी शनिश्चरे नगरपालिका-३ घर भएका २२ वर्षीय सम्योग राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । राईले ग्रीस पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-१३ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशीक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।