हेभी ईक्युप्मेन्ट ड्राईभिङ तालिम सूरू
२०८२-०२-०७
- A
- A-
- A+
काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा हेभी ईक्युप्मेन्ट ड्राइभिङ पाँचौ समूहको तालिम सुरू भएको छ ।
सोही महाशाखाका प्रहरी नायव उपरीक्षक अनुप श्रेष्ठले बुधबार आयोजित कार्यक्रमबीच उक्त तालिमको उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले हेभी ईक्युप्मेन्ट चलाउन, सामान्य मर्मत संभार गर्न, हेभी ईक्युप्मेन्ट चलाउँदा ध्यान दिनुपर्ने कुराहरूको बारेमा ज्ञान हासिल गर्ने लगायत सोसँग सम्बन्धित समस्याहरूलाई सरल एवम् सहज रूपमा समाधान गर्न योग्य र दक्ष हेभी ईक्युप्मेन्ट चालकको रूपमा जनशक्ति विकास गर्ने तालिमको उद्देश्य रहेको बताउनुभयो ।
कार्यक्रममा प्रहरी निरीक्षक भरत कुमार श्रेष्ठले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै १६ दिन कार्य अवधिको उक्त तालिममा प्रहरी सहायक निरीक्षक ६ जना, प्रहरी वरिष्ठ हवल्दार १ जना, प्रहरी हवल्दार २ जना, प्रहरी सहायक हवल्दार ५ जना र प्रहरी जवान २ जना गरी जम्मा १६ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।