सर्वोच्च शिखर सगरमाथाको सफल आरोही कुन्जाङ छोपेल शेर्पालाई स्वागत
२०८२-०२-०८
- A
- A-
- A+
काठमाडौं, विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गर्नुभएका प्रहरी नायव निरीक्षक कुन्जाङ छोपेल शेर्पालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा बुधबार एक कार्यक्रमबीच प्रहरी नायव निरीक्षक कुन्जाङ छोपेल शेर्पालाई हार्दिक स्वागत गर्नुभयो । सो अवसरमा उहाँले दोसल्ला ओढाई सम्मान समेत गर्नुभयो ।
कार्यक्रममा प्रहरी नायव निरीक्षक शेर्पालाई प्रहरी अधिकृत एवम् जवानहरू, परिवार तथा आफन्तजन लगायतले समेत हार्दिक स्वागत तथा सम्मान गर्नुभएको थियो ।