प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

चोरीमा संलग्न व्यक्ति पक्राउ

२०८२-०२-०९

  • A
  • A-
  • A+
Share

भक्तपुर, मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा मध्यपुर थिमी नगरपालिका-८ बस्ने २७ वर्षीय गुर्जु भन्ने निरोज बज्राचार्यलाई शुक्रबार दिउसो प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी प्रभाग दधिकोटबाट खटिएको प्रहरीले सूर्यविनायक नगरपालिका-४ गाम्चास्थित सडकबाट उनलाई बागमती प्रदेश ०२-०२० प ३९५५ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त मोटरसाइकल काठमाडौं महानगरपालिका-९ सिनामंगलबाट जेठ २ गते दिउसो चोरी भएको खुल्न आएको छ । 

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त गौशाला काठमाडौं पठाइएको छ । 

सम्बन्धित समाचार
बाह्‍य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रा सहित एक जना पक्राउ
२०८२-११-१३

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाबाट बाह्‍य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर १० हजार ५ सय, युरो २६ हजार ७ सय,  चाइनिज युआन ७ हजार ४ सय र Fem hundra kronor (स्विडेन) ४३ हजार सहित स्वीडिस नागरिक ५१ वर्षीया KUNCHOK KHANDRO मंगलबार बिहान पक्राउ परेकी छिन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले सिचुवान एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट चीन जान लागेकी उनलाई जाँच गर्ने क्रममा उनको ब्यागबाट उक्त मुद्राहरू फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।