जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ
२०८२-०२-११
- A
- A-
- A+
संखुवासभा, खाँदबारी नगरपालिका-९ तुम्लिङटार एयरपोर्ट छेउस्थित ५८ वर्षीय खगेन्द्र कार्कीको दिपा होटल एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा कार्की समेत ९ जनालाई शनिबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १२ हजार ३ सय ८० रूपैयाँ र तास ६ बुक सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।