प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

ब्यूरोबाट खटि आएको असई हुँ भन्दै ठगी गर्ने एक जना पक्राउ

२०८२-०२-१०

  • A
  • A-
  • A+
Share

कैलाली, ब्यूरोबाट खटि आएको असई हुँ भन्दै ठगी गरेको अभियोगमा धनगढी उपमहानगरपालिका-५ शिवनगर बस्ने २६ वर्षीय निराजन थापालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । 

धनगढी उपमहानगरपालिका-४ बसपार्कस्थित धामी होटलका सञ्चालकलाई विगत २/३ दिन देखि पटक/पटक ब्यूरोबाट खटि आएको असई भन्दै रकम मागेको भन्ने सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न थापालाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-११-२७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर, ललितपुर महानगरपालिका-१ बस्ने मोरङ पथरी शनिश्चरे नगरपालिका-३ घर भएका २२ वर्षीय सम्योग राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । राईले ग्रीस पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-१३ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशीक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।