अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८२-०२-११
- A
- A-
- A+
बारा, फेटा गाउँपालिका-५ जोतपुरबाट अवैध लागूऔषध गाँजा ३ किलो ३ सय ५० ग्राम सहित भारत मोतिहारी ग्राम ईनर्वा बस्ने ४८ वर्षीय सलिम मियालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट जोतपुरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-१२ जुगेडा बि गाउँबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय २० मिलिग्राम सहित २ जनालाई आइतबार दिउसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-११ बस्ने ६६ वर्षीय मोती राना र ३७ वर्षीय चैना राना रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले से.२ प २०८७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-३ चौराहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १६ ग्राम २ सय ३० मिलिग्राम सहित भारत लखिमपुर खिरी गोला घर भई पलिया बस्ने २४ वर्षीय अबनिस कुमारलाई आइतबार दिउसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।