नियन्त्रित लागूऔषध सहित एक जना पक्राउ
२०८२-०२-१२
- A
- A-
- A+
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ सय ८० ट्याब्लेट सहित सुनसरी रामधुनी नगरपालिका-३ बस्ने २२ वर्षीय अजित परियारलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले झापाबाट काठमाडौंतर्फ आउँदै गरेको प्र.०१-०१-००१ ख ४३७१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।