जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२-०२-१३
- A
- A-
- A+
रूपन्देही, बुटवल उपमहानगरपालिका-११ बुद्धनगरस्थित श्रमिक पथ बस्ने ५० वर्षीय राजन थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा राजन समेत ७ जनालाई सोमबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४३ हजार ७ सय ६० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।