चोरीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
२०८२-०२-१४
- A
- A-
- A+
पर्सा, मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरिया नगरपालिका-४ बस्ने १९ वर्षीय रितिक गिरी, २१ वर्षीय राम बिश्वास कुमार राम र १९ वर्षीय कृष्ण महतो नुनिया रहेका छन् ।
पोखरिया नगरपालिका-९ बाट ना.५४ प ३८७७ नम्बरको मोटरसाइकल बिहीबार राति चोरी भएको घटनाको अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरू उपर चोरी सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।