ठगीमा संलग्न दुई जना पक्राउ
२०८२-०२-१५
- A
- A-
- A+
काठमाडौं, ठगीमा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१५ बस्ने मकवानपुर थाहा नगरपालिका-७ घर भएका ३४ वर्षीय राम कुमार सापकोटा र काठमाडौं महानगरपालिका-३ बस्ने बाजुरा बुढीनन्दा नगरपालिका-३ घर भएका २८ वर्षीय ओव्जन चदारा रहेका छन् ।
आफु सिआईडिमा कार्यरत प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक बताउने राम कुमार र ओव्जनले वैदेशिक रोजगारीको लागि दुबई जान भनि ३० लाख रूपैयाँ ठगीमा परेका व्यक्तिहरूको पैसा उठाई दिन्छु भनि पीडितसँग पटक पटक गरी जम्मा ४ लाख ५० हजार रूपैयाँ नगद तथा ग्लोबल आइएमई बैंकको २ लाख ५० हजार रूपैयाँको चेक काट्न लगाई ठगी गरेको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई कीर्तिपुर नगरपालिका-१० ट्याङ्लाफाँटबाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।