अवैध लागूऔषध सहित पाँच जना पक्राउ
२०८२-०२-१९
- A
- A-
- A+
दाङ, तुलसीपुर उमहानगरपालिका-७ शिवनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ६० मिलिग्राम सहित सोही उपमहानगरपालिका-४ घोरनेठी बस्ने २१ वर्षीया प्रतिभा विश्वकर्मालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
धनकुटा, चौबिसे गाउँपालिका-६ राजारानीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम ९ सय मिलिग्राम र नगद ४१ हजार ५ सय रूपैयाँ सहित सोही ठाउँ बस्ने २२ वर्षीय पुजन लिम्बु समेत ४ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय राजारानीबाट खटिएको प्रहरीले पुजनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।