जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०२-२०
- A
- A-
- A+
तेह्रथुम, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा आठराई गाउँपालिका-३ ह्वाकु बस्ने २६ वर्षीय विशाल गुरूङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
विशालले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।