प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

हत्या गरेको अभियोगमा पक्राउ

२०८२-०२-२०

  • A
  • A-
  • A+
Share

ताप्लेजुङ, फुङलिङ नगरपालिका-६ बस्ने २८ बर्षीय तेजेन्द्र लिम्बुको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३२ वर्षीय अर्जुन गुरूङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  

फक्ताङलुङ गाउँपालिका-३ स्थित फुपु योगमाया लिम्बुको घरमा पाहुना आएका अर्जुन र उनकै श्रीमती सरिता लिम्बुबीच विवादको क्रममा झगडा भएकोमा फुपुले सम्झाई बुझाई दुबै जनालाई छिमेकी तेजेन्द्रको साथ लगाई उनीहरूकै घर पठाएकोमा घर फर्कने क्रममा बाटोमा तेजेन्द्रलाई अर्जुनले गए राति खुकुरी प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो । घटना पश्चात फरार रहेका अर्जुनलाई जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरीले फुङलिङ नगरपालिका-९ स्थित भिरकुना जंगलबाट पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

 

सम्बन्धित समाचार
ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-११-२७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर, ललितपुर महानगरपालिका-१ बस्ने मोरङ पथरी शनिश्चरे नगरपालिका-३ घर भएका २२ वर्षीय सम्योग राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । राईले ग्रीस पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-१३ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशीक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।