जुवातास खेलिरहेको अवस्थामा तीन जना पक्राउ
२०८२-०२-२२
- A
- A-
- A+
दाङ, घोराही उपमहानगरपालिका-१५ भिङ्ग्रेली होटलको ८०२ नम्बरको कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-५ बस्ने ३४ वर्षीय खुम बहादुर कार्की, २९ वर्षीय आकाश लम्साल र सोही उपमहानगरपालिका-१४ बस्ने ४६ वर्षीय बालाराम खड्कालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४७ हजार ४ सय ७० रुपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।