जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ
२०८२-०२-२३
- A
- A-
- A+
काठमाडौं, कीर्तिपुर नगरपालिका-५ राराहिलस्थित एनडब्लुए नेवारी खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा खाजा घरका संचालक सोही ठाउँ बस्ने ३९ वर्षीय राकेश महर्जन समेत ७ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ७ हजार ७ सय ३५ रूपैयाँ र तास ३ बुक सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।