जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०२-२३
- A
- A-
- A+
दैलेख, २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा आठबिस नगरपालिका-८ लामिछाने गाउँ बस्ने ४५ वर्षीय मन बहादुर बडुवाललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
मन बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी तिलेपाटाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।