अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २६ जना पक्राउ
२०८२-०२-२३
- A
- A-
- A+
काठमाडौं, टोखा नगरपालिका-९ गोंगबुबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम र १० थान मोबाइल सहित ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं स्वयम्भु बस्ने झापा दमक नगरपालिका-१ घर भएका २६ वर्षीय पवन सम्वाहाम्फे, काठमाडौं गोंगबु बस्ने पाँचथर हिलिहाङ गाउँपालिका-६ घर भएका २८ वर्षीय कम्लेश मैनाली र टोखा नगरपालिका-९ म्याग्दीचोक बस्ने पाँचथर मिक्लाजुङ गाउँपालिका-१ घर भएका ३२ वर्षीय समिर राई रहेका छन् । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, भद्रपुर नगरपालिका-५ मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ मिलिग्राम सहित बिर्तामोड नगरपालिका-२ बस्ने २९ वर्षीय संजय चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका ३ जनालाई जाँच गर्न खोज्दा उनीहरूमध्ये २ जना फरार भएको र संजयलाई नियन्त्रणमा लिई तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । प्रहरीले हाल फरार २ जनाको खोजी गरिरहेको छ ।
यसैगरी झापा, गौरादह नगरपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २९ वर्षीय सुजन कन्दङ्वा र कमल गाउँपालिका-१ सोलमारी बस्ने २० वर्षीय आयुष विश्वकर्मा रहेका छन् । इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरीले सुजनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-७ बेलीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ६ सय ९० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१८ बस्ने १९ वर्षीय दिपेश बस्नेतलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले सु.प.प्र.०१-०१२ प ९१५१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी कैलाली, टिकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ९० मिलिग्राम सहित ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लम्किचुहा नगरपालिका-५ चौरी बस्ने २३ वर्षीय निराजन बडुवाल, सोही नगरपालिका-२ बस्ने २० वर्षीय सुरेश विक र सोही नगरपालिका-६ बस्ने २२ वर्षीय अनमोल विक रहेका छन् । प्रहरी चौकी कालाकुण्डा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, टिकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दिया राजापुर नगरपालिका-१ बस्ने १९ वर्षीय हिक्मत रावत र गेरूवा गाउँपालिका-४ बस्ने २८ वर्षीय छवि विक रहेका छन् । प्रहरी चौकी कालाकुण्डा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-२ नालामुखबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल ८३ ट्याब्लेट सहित सोही उपमहानगरपालिका-५ बस्ने सुनसरी धरान उपमहानगरपालिका-८ घर भएका ३५ वर्षीय सुरज सुनारलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । सिआरभी विन्दवासिनीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी कास्की, पोखरा महानगरपालिका-१८ अँधेरीकुनाबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल १ सय ट्याब्लेट सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५१ वर्षीय गोरे पुन र २७ वर्षीय शंकर घलेल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको १ थान स्कुटर समेत बरामद गरेको छ ।
चितवन, राप्ती नगरपालिका-५ चौकीडाँडाबाट अवैध लागूऔषध गाँजा करिब २ किलोग्राम सहित सोही नगरपालिका-१२ च्यात्राङ बस्ने २४ वर्षीय इमान थिङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । साथै उनले प्रयोग गरेको १ थान मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।
यसैगरी चितवन, खैरहनी नगरपालिका-८ चक्रेश्वर डेरा गरी बस्ने धादिङ नीलकण्ठ नगरपालिका-९ घर भएकी २५ वर्षीया सरिता गुरूङलाई अवैध लागूऔषध गाँजा २ किलो ५ सय ग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीले सरिताको कोठा तलासी गर्दा उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ७० मिलिग्राम सहित सोही गाउँपालिका-६ उच्चागाउँ बस्ने २४ वर्षीय अमन थारूलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनी बर्दियाबाट खटिएको प्रहरीले भारतको बलईबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका-१६ गणतन्त्र मार्गबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ७० ट्याब्लेट, कोलिवान २ सय ७० ट्याब्लेट, स्पास्पेन २९ ट्याब्लेट र नगद ३७ हजार रूपैयाँ सहित सोही ठाउँ बस्ने ३० वर्षीय गोपाल राई भन्ने सुनिल राईलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट जोरसखुवाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, बेलौरी नगरपालिका-१० सडकघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ६ सय ७० मिलिग्राम सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लालझाडी गाउँपालिका-३ बल्मी बस्ने २२ वर्षीय आशिष राना, कृष्णपुर नगरपालिका-२ बाणी बस्ने २४ वर्षीय सुरेश खुना र बर्दिया गुलरिया नगरपालिका-१२ टपरी घर भएका ३५ वर्षीय श्याम चौधरी रहेका छन् । प्रहरी चौकी भुँडा र इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बारा, कलैया उपमहानगरपालिका-६ बाट नियन्त्रित लागूऔषध नाइट्राभेट १ हजार ३५ ट्याब्लेट सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-२७ बस्ने १९ वर्षीय धिरेन्द्र कुशवाह, सोही उपमहानगरपालिका-९ बस्ने २० वर्षीय सुमन चौहान, २४ वर्षीय प्रदिप कुमार साह र सोही उपमहानगरपालिका-४ बस्ने २६ वर्षीय मुकेश साह कलवार रहेका छन् । जिल्ला प्रहरी कार्यालय बारा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंजबाट खटिएको प्रहरीले साइकलमा सवार धिरेन्द्र र सुमनलाई १ हजार २० ट्याब्लेट र म.प्र.०३-००२ स ७५२८ नम्बरको अटो चालक प्रदिप र अटोमा सवार मुकेशलाई १५ ट्याब्लेट सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।