जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ
२०८२-०२-२४
- A
- A-
- A+
चितवन, भरतपुर महानगरपालिका-११ गोर्खाली टोल बस्ने ६० वर्षीया हिरा गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-११ बसेनी बस्ने ४५ वर्षीय रवि गुरूङ समेत १० जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६५ हजार १ सय ८५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।