प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

२०८२-०२-२४

  • A
  • A-
  • A+
Share

तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध डाईजेपाम २ सय एम्पुल, फेनारगन २ सय एम्पुल, बुप्रेनोर्फिन २ सय एम्पुल र नाईट्राभेट ९० ट्याब्लेट सहित भारत महाराजगंज नौनता ग्राम सुनौली बस्ने २० वर्षीय दिपक कुमार र १८ वर्षीय किशोरलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरीले भैरहवाबाट बाग्लुङतर्फ आउँदै गरेको जिएए ०१-२६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

ताप्लेजुङ, फुङलिङ नगरपालिका-६ टुक्रे डेरा गरी बस्ने सोही नगरपालिका-७ हाङ्देवा घर भएका २६ वर्षीय सुजन तामाङलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ३० मिलिग्राम र डिजिटल तराजु १ थान सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरीले सुजनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध भारत पश्चिम बंगाल दार्जलिङ घर भएका २३ वर्षीय नितेन वर्मनसंग किनेको भन्ने खुल्न आएपश्चात नितेनलाई फुङलिङ नगरपालिका-२ हेलिप्याड नजिकबाट प्रहरीले पक्राउ गरेको छ ।  

दाङ, घोराही उपमहानगरपालिका-१७ गुलरीया चोक बस्ने १७ वर्षीय किशोरलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । 

महोत्तरी, साम्सी गाउँपालिका-५ पोखरभिण्डा ब्रह्मस्थानबाट नियन्त्रित लागूऔषध नाईट्राभेट १५ ट्याब्लेट, स्पास्मो प्रोक्सिभन ४० ट्याब्लेट, फेनारगन ३ एम्पुल, डाईजेपाम ३ एम्पुल र नोफिन ३ एम्पुल सहित बर्दिबास नगरपालिका-१४ राना टोल बस्ने २८ वर्षीय संजित महतोलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पोखरभिण्डाबाट खटिएको प्रहरीले मधेश प्रदेश-०२-००५ प ८८१२ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

भक्तपुर, मध्यपुर थिमी नगरपालिका-३ गठ्ठाघरस्थित खाजा पसलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ९ ट्याब्लेट र नगद ५२ हजार ४ सय ७० रूपैयाँ सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने धादिङ रूवी भ्याली गाउँपालिका-४ घर भएकी ४२ वर्षीया कुमारी तामाङ, काभ्रे रोशी गाउँपालिका-६ घर भएका २५ वर्षीय प्रविन उप्रेती र सिन्धुली दुधौली नगरपालिका-१० घर भएका २२ वर्षीय विष्णु बाँनिया रहेका छन् । प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले कुमारीको खाजा पसल तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।    

जाजरकोट, जुनिचाँदे गाउँपालिका-७ निपाने डेरा गरी बस्ने कुसे गाउँपालिका-३ घर भएका ३७ वर्षीय निरज कुमार पुनलाई अवैध लागूऔषध अफिम करिब १ किलो १ सय ५० ग्राम सहित बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पंचलादहबाट खटिएको प्रहरीले उनलाई उक्त अफिम सहित पक्राउ गरेको हो । 

कैलाली, धनगढी उपमहानगरपालिका-८ भगत चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय राहुल रानालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

बर्दिया, मधुवन नगरपालिका-७ गोपाल चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय डिल बहादुर बस्नेत र सोही नगरपालिका-५ बस्ने २२ वर्षीय झलक डाँगी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दिया समेतबाट प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-६ ईस्राइलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३५ ग्राम १ सय १० मिलिग्राम सहित इटहरी उपमहानगरपालिका-१७ बस्ने २९ वर्षीय अबिनाश चौधरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी नरसिंहटप्पुबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

यसैगरी सुनसरी, बराहक्षेत्र नगरपालिका-१ अमहा सामुदायिक वनबाट अवैध लागूऔषध गाँजा १९ किलोग्राम सहित धनकुटा, धनकुटा नगरपालिका-९ बस्ने २१ वर्षीय लक्ष्मण माझीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भरौलबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । साथै उनले प्रयोग गरेको प्रदेश १-०२-०५१ प ४८२३ नम्बरको मोटरसाइकललाई प्रहरीले बरामद गरेको छ । 

यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-६ पुर्वाञ्चल क्याफेबाट नियन्त्रित लागूऔषध लुपिजेसिक २३ एम्पुल, डाईजेपाम १९ एम्पुल, फेनारमाइन ५० एम्पुल सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-२ बस्ने २९ वर्षीय सन्तोष श्रेष्ठ र २९ वर्षीय जिवन बुढाथोकी रहेका छन् । इलाका प्रहरी कार्यालय इटहरी समेतबाट खटिएको प्रहरीले सन्तोषलाई लुपिजेसिक २० एम्पुल, डाईजेपाम १९ एम्पुल र फेनारमाइन ४१ एम्पुल र जिवनलाई लुपिजेसिक ३ एम्पुल र फेनारमाइन ९ एम्पुल सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ
२०८२-११-२८

काठमाडौं, काठमाडौं महानगरपालिका-६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ४० मिलिग्राम सहित सोही महानगरपालिका-६ महांकाल बस्ने मोरङ घर भएका २८ वर्षीय सुजन स्याङ्बोलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।बर्दिया, बढैयाताल गाउँपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ सय ८० मिलिग्राम सहित बाँके कोहलपुर नगरपालिका-११ लोकनगर बस्ने २३ वर्षीय लक्षु विकलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत लखिमपुर खिरी पलिया बस्ने ३७ वर्षीय मनुवर अलि र ३९ वर्षीय महम्मद असरफ अली रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।सुनसरी, दुहबी नगरपालिका-९ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ हजार ट्याब्लेट र स्पास्पेन ६ हजार ४ सय ट्याब्लेट सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गढी गाउँपालिका-३ बस्ने ५४ वर्षीय पवन लाल थारू र इटहरी उपमहानगरपालिका-११ बस्ने ३३ वर्षीय महमद अवजल रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको को.५ प ८०९७ नम्बर र को.११ प २९०१ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । नवलपरासी पूर्व, कावासोती नगरपालिका-१६ चालिसकिलोबाट नियन्त्रित लागूऔषध डाईजेपाम १९ एम्पुल, प्रोमेथाजाइन १९ एम्पुल र बुप्रेनोर्फिन १९ एम्पुल सहित धनकुटा सहिदभूमी गाउँपालिका-४ बस्ने २४ वर्षीय प्रज्वल राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरीले बुटवलबाट पोखरातर्फ जाँदै गरेको बा.२ ख ३३३ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । दाङ, तुलसीपुर उपमहानगरपालिका-६ बनकट्टाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ५५ ट्याब्लेट सहित सोही उपमहानगरपालिका-५ बसपार्क बस्ने २२ वर्षीय भुपेन्द्र श्रीस मगर समेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   यसैगरी दाङ, लमही नगरपालिका-३ टिकुलीगढबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २९ वर्षीय माधव चौधरी समेत ४ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले माधवको घरमा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । रूपन्देही, सियारी गाउँपालिका-२ सेमराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ४० मिलिग्राम र नगद ३२ हजार रूपैयाँ सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मायादेवी गाउँपालिका-३ कमहरिया बस्ने ३२ वर्षीय अमेरिका केवट र सोही गाउँपालिका-२ कलीकमहवा बस्ने २९ वर्षीय भान प्रकास मल्लाह रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले लु.६२ प ८१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८२-११-२७

काठमाडौं महानगरपालिका-१६ माछापोखरी चोकस्थित गुरूङ्ग्स गेष्ट हाउसबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम सहित सोही ठाउँ बस्ने झापा गौरादह नगरपालिका-५ घर भएका ३५ वर्षीय बिकास बिष्टलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उक्त गेष्ट हाउसको ३११ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  झापा, मेचीनगर नगरपालिका-६ बाट खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय ६० मिलिग्राम सहित सोही नगरपालिका- १२ कालीझोडा बस्ने २४ वर्षीय रञ्जन सुब्बालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, बाह्रदशी गाउँपालिका-६ पचासबिघेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय ४० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका-८ गरामनी बस्ने २१ वर्षीय बसन्त न्यौपाने र सोही नगरपालिका-६ स्यालडांगी बस्ने २५ वर्षीय राहुल लुईटेल रहेका छन् । इलाका प्रहरी कार्यालय अनारमनी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले थप अनुसन्धानको लागि २ जनालाई समेत नियन्त्रणमा लिएको छ ।  रूपन्देही, सिद्धार्थनगर नगरपालिका-८ पुष्पलाल पथ डेरा गरी बस्ने सोही नगरपालिका-१० घर भएका २७ वर्षीय अर्मान अलिलाई अवैध लागूऔषध गाँजा करिब ३ किलोग्राम सहित मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देही र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।  सुनसरी, धरान उपमहानगरपालिका-६ पानबारीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ४० ट्याब्लेट र डिकोलिक २ सय ३५ ट्याब्लेट सहित ४ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-६ बस्ने २७ वर्षीय युबराज लिम्बु, २० वर्षीय उत्सब विक, २६ वर्षीय सौगात कटुवाल र २६ वर्षीय रूपेश राई रहेका छन् । प्रहरी चौकी पानबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, पुनर्वास नगरपालिका-६ ङ गाँउबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय ५० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका-२ पुरानो भन्सार बस्ने ४३ वर्षीय हर्क बहादुर खड्का र जानकी गाउँपालिका-७ पठरैया बस्ने ३० वर्षीया मिना राजी रहेका छन् । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको से.६ प ६९९४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
२०८२-११-२६

बर्दिया, गुलरिया नगरपालिका-११ गणेशपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय ७० मिलिग्राम सहित मधुबन नगरपालिका-७ शुक्रबस्ती बस्ने २६ वर्षीय गौरब पुन मगरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महम्दपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, कमल गाउँपालिका-६ गुवाबारीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय ४० मिलिग्राम सहित सोही गाउँपालिका-६ बस्ने ३२ वर्षीय लक्ष्मण राजवंशीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले मे.११ प ६०५० नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, इनरुवा नगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३५ ग्राम २ सय १० मिलिग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१८ बस्ने २९ वर्षीय जेम्स राई र सोही उपमहानगरपालिका-१७ बस्ने २९ वर्षीय सिद्धार्थ चौधरी रहेका छन् ।  जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले लौकहीबाट पकलीतर्फ जाँदै गरेको को. ३१ प ३२५५ नम्बरको मोटरसाइकललाई जाँच गर्दा उक्त पदार्थ फेला पारी चालक जेम्स र मोटरसाइकलमा सवार सिद्धार्थलाई पक्राउ गरेको हो । दाङ, तुलसीपुर उपमहानगरपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ३० मिलिग्राम सहित सोही नगरपालिका-७ डाँडापातु बस्ने १८ वर्षीय किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको बा. ७६ प १७१७ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । मकवानपुर, मनहरी गाउँपालिका-८ सिमपानीबाट अवैध लागूऔषध गाँजा १ सय ७ किलो ९ सय १० ग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा राक्सिराङ गाउँपालिका-६ धुसराङ बस्ने ३३ वर्षीय सन्त सिंह लामा र सोही गाउँपालिका-२ बस्ने ३० वर्षीय सन्तवीर मोक्तान रहेका छन् । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले देवकोटबाट सिमपानीतर्फ आउँदै गरेको बा.प्र ०३-००१ ह २०७६ नम्बरको अटोलाई जाँच गर्दा उक्त परिमाणको गाँजा फेला पारी अटो चालक सन्त सिंह र अटोमा सवार सन्तवीरलाई पक्राउ गरेको हो ।   कैलाली, धनगढी उपमहानगरपालिका-२ बैयाबेहडी बस्ने ३१ वर्षीय प्रतिक चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१९ धामी चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१९ बस्ने १९ वर्षीय बिवेक चौधरी, सोही उपमहानगरपालिका-१२ जुगेडा बस्ने २५ वर्षीय नमराज बराईली र २७ वर्षीय छत्र बहादुर विक रहेका छन् । इलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, लम्कीचुहा नगरपालिका-१ अमौरीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ८० मिलिग्राम सहित जानकी गाउँपालिका-२ परागिपुर बस्ने २७ वर्षीय रमेश दर्लामी मगरलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बाँके, कोहलपुर नगरपालिका-११ सिद्धनगर डेरा गरी बस्ने २८ वर्षीय गोबिन्द सुनारलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-९ शान्तिवनबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ४ सय ८२ एम्पुल, डाईजेपाम ४ सय ६० एम्पुल र फेनारगन ४ सय ८१ एम्पुल सहित सोही ठाउँ बस्ने ४३ वर्षीय सुनिल कमरलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८२-११-२६

बारा, निजगढ नगरपालिका-११ रतनपुरबाट अवैध लागूऔषध गाँजा १२ किलो २ सय ३० ग्राम सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जीतपुर सिमरा उपमहानगरपालिका-१९ ईनर्वा सिरहा बस्ने ३५ वर्षीय फिरोज देवान र रौतहट गौर नगरपालिका-९ बस्ने १९ वर्षीय तरबेज आलम रहेका छन् । अस्थायी प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरीले ग.६ प ८८५१ नम्बरको मोटरसाइकलमा सवार फिरोजलाई ६ किलो ४ सय ५० ग्राम र मधेश प्रदेश ०३-०३८ प १२०९ नम्बरको मोटरसाइकलमा सवार तरबेजलाई ५ किलो ७ सय ८० ग्राम गाँजा सहित पक्राउ गरेको हो ।चितवन, भरतपुर महानगरपालिका-१८ लाहुरेचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय २० ट्याब्लेट सहित सोही महानगरपालिका-२३ जगतपुर बस्ने २९ वर्षीय सोम पाण्डेलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।