ठगी/आत्महत्या दुरूत्साहन मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
२०८२-०२-२६
- A
- A-
- A+
काठमाडौं, ठगी/आत्महत्या गर्न दुरूत्साहन मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ मित्रनगर बस्ने स्याङ्जा गल्याङ नगरपालिका-७ पेलाकोट घर भएका ४८ वर्षीय नुमाकान्त पाठक र ३८ वर्षीया सरिता पाठक रहेका छन् ।
जिल्ला अदालत काठमाडौंको २०८० कात्तिक १७ गतेको फैसलाले उक्त मुद्दामा नुमाकान्तलाई २ लाख ८० हजार रूपैयाँ बिगो, ३ हजार जरीवाना र ३ महिना कैद तथा सरितालाई ६० हजार बिगो, १ हजार जरीवाना र १ महिना कैद सजाय ठहर भई फरार रहेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२६ मित्रनगरबाट पक्राउ गरेको हो ।
उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पेश गरिएको छ ।