जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०२-२६
- A
- A-
- A+
बर्दिया, ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका-१० वैदी बस्ने ६६ वर्षीय जमिल अहमद जागालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जमिलले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कतर्नियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।