लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०२-२७
- A
- A-
- A+
काठमाडौं, लागूऔषध (गाँजा) मुद्दाका फरार प्रतिवादी भक्तपुर मध्यपुरथिमी नगरपालिका-६ चपाचो बस्ने ४४ वर्षीय श्याम कुस्लेलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौंको २०८० जेठ १९ गतेको फैसलाले उक्त मुद्दामा ६ महिना कैद सजाय र २ हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर मध्यपुरथिमी नगरपालिका-६ चपाचोबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।