प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

२०८२-०२-२७

  • A
  • A-
  • A+
Share

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-९ बत्तीसपुतली बस्ने बाँके नेपालगंज उपमहानगरपालिका-१८ कारकादो घर भएका ४७ वर्षीय गणेश प्रसाद शर्मालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत झापाबाट गत वैशाख २८ गते उक्त मुद्दामा पक्राउ अनुमति जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-९ बत्तीसपुतलीबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि इलाका प्रहरी कार्यालय अनारमनी झापा पठाइएको छ । 

सम्बन्धित समाचार