प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ

२०८२-०२-२९

  • A
  • A-
  • A+
Share

तनँहु, आँबुखैरैनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ५ सय ट्याब्लेट सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दिया बाँसगढी नगरपालिका-४ बस्ने १९ वर्षीया सुशिला सुनार र २० वर्षीय सुवास परियार रहेका छन् । अस्थायी प्रहरी पोष्ट पुलजिपबाट खटिएको प्रहरीले बा.प्र.-०२-०२६ प १०३२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

सिराहा, गोलबजार नगरपालिका-४ क्याम्पस चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ५० मिलिग्राम सहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने अर्नमा गाउँपालिका-३ घर भएका २० वर्षीय अभिषेक कुमार महतो, धनगढीमाई नगरपालिका-८ कसहा घर भएका २२ वर्षीय संतोष कुमार महतो र  औरही गाउँपालिका-१ घर भएका १८ वर्षीय किशोर रहेका छन् । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनीहरूको डेरा कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । 

यसैगरी सिराहा, गोलबजार नगरपालिका-५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय दिपेन कुमार साह समेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ सोही ठाउँ बस्ने २४ वर्षीय बिमल कुमार महतोले दिएको भन्ने खुल्न आएपश्चात प्रहरीले बिमलको घर तलासी गर्दा अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय मिलिग्राम फेला पारी बिमललाई समेत पक्राउ गरेको छ । 

सल्यान, त्रिवेणी गाउँपालिका-६ लुहामबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ९ सय १० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दाङ तुलसीपुर उपमहानगरपालिका-१२ बस्ने १९ वर्षीय अबिषेक नेपाली र सोही उपमहानगरपालिका-५ बस्ने २५ वर्षीय बिकाश आले मगर रहेका छन् । इलाका प्रहरी कार्यालय लुहामबाट खटिएको प्रहरीले लु.३४ प ६७६० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

कैलाली, धनगढी उपमहानगरपालिका-५ तारानगरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय रिसव चौधरीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

पाँचथर, फिदिम नगरपालिका-४ जोरसालबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५ सय ३० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका १ बस्ने ३० वर्षीय सागर लिम्बु र सोही नगरपालिका-१ बस्ने झापा बिर्तामोड घर भएका ३४ वर्षीय रोहित न्यौपाने रहेका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१३ गुप्तिपुर बस्ने २७ वर्षीया नन्दा श्रीमाललाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १० मिलिग्राम सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । 

 नवलपरासी पूर्व, मध्यविन्दु नगरपालिका-९ गरगरेबाट नियन्त्रित लागूऔषध फेनारगन २४ एम्पुल, डाईजेपाम २४ एम्पुल, नोर्फिन २४ एम्पुल र नगद ३६ हजार १ सय ४० रूपैयाँ सहित सोही ठाउँ बस्ने २८ वर्षीय बहादुर सोमै मगरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी तम्सरियाबाट खटिएको प्रहरीले बा.२८ प ४५०६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२-०३-२९

रूपन्देही, रोहिणी गाउँपालिका-३ धकधई चोक नजिकबाट नियन्त्रित लागूऔषध स्पास्मो ३९ ट्याब्लेट र नाईट्रोसन ३ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २४ वर्षीय हलिम अन्सारीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धकधईबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-१४ मलाया रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ७४ ग्राम ३ सय १० मिलिग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१२ बस्ने २३ वर्षीय रोशन लाल महत्तो र भारत बिहार अररिया फुल्का थाना-२ बस्ने २१ वर्षीय पवन कुमार यादव रहेका छन् । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको को.३० प ४१० नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  कैलाली, गोदावरी नगरपालिका-२ तेघरीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ६० ट्याब्लेट सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३५ वर्षीय तपेश खड्का र धनगढी उपमहानगरपालिका-५ बस्ने २६ वर्षीय दिक्पाल स्वार रहेका छन् । इलाका प्रहरी कार्यालय मालाखेती र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१८ फुलबारी एफ गाउँ बस्ने २८ वर्षीय केदार बोहरालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ११ ग्राम ८ सय ६० मिलिग्राम सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मकवानपुर, हेटौंडा उपमहानगरपालिका-२ पिपलबोटबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५२ ट्याब्लेट सहित बकैया गाउँपालिका-३ हात्तिसुडे जलजले बस्ने २३ वर्षीय कुशल खड्कालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  सिराहा, सिरहा नगरपालिका-१५ इट्टा भट्टाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ७० मिलिग्राम सहित गोलबजार नगरपालिका-११ बस्ने २७ वर्षीय शषि कुमार साहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ सुब्बकुनाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ३ सय ५० मिलिग्राम सहित सोही नगरपालिका-१२ चनौटे बस्ने जाजरकोट जुनिचाँदे गाउँपालिका-२ घर भएका २४ वर्षीय युबराज शाहीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, धरान उपमहानगरपालिका-८ अरूण टोलबाट नियन्त्रित लागूऔषध ट्रामोल १ सय ६२ ट्याब्लेट र ट्रामाडोल ३ ट्याब्लेट सहित धरान उपमहानगरपालिका-८ बस्ने ३५ वर्षीय उज्वल तामाङ समेत ३ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बरगाछीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ
२०८२-०३-२८

काठमाडौं महानगरपालिका-३२ जडिबुटी चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३७ ग्राम ९ सय ८० मिलिग्राम सहित इलाम माई नगरपालिका-५ घर भएका २६ वर्षीय केशव राईलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सिराहा, औरही गाउँपालिका-५ मलाह टोलबाट अवैध लागूऔषध गाँजा करिब २ सय १२ किलो ९ सय २५ ग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय राम उदगार मलाहलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा गाडीबाट लागूऔषध गाँजा झार्दै गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिराहा र प्रहरी चौकी औरहीबाट खटिएको संयुक्त टोलीले ७ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी राम उदगारलाई प्र.२-०१-००३ प २१५४ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको हो । साथै प्रहरीलाई देख्नासाथ गाडी सहित फरार भएका अन्य व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ । मोरङ, पथरीशनिश्चरे नगरपालिका-१ शिखर चोक बस्ने २६ वर्षीय कोयुवराज थापा मगरलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ६० मिलिग्राम सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१३ मलाया रोड नहरबाट अवैध लागूऔषध गाँजा १५ किलो ३५ ग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-४ बस्ने ४७ वर्षीय बैजनाथ चौधरी र धनकुटा, धनकुटा नगरपालिका-८ बस्ने ४८ वर्षीय निर्पेश राई रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले को.१० प ७०७२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको  हो ।  यसैगरी मोरङ, कानेपोखरी गाउँपालिका-२ केरौन बस्ने २५ वर्षीय संजय चौधरीलाई नियन्त्रित लागूऔषध स्पासपेन ९० ट्याब्लेट र ट्रामाडोल १ सय ५ ट्याब्लेट सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । स्याङ्जा, भीरकोट नगरपालिका-२ बयरघारी बस्ने ३४ वर्षीय शिव कुँवरलाई नियन्त्रित लागूऔषध नाईट्रोसन ८८ ट्याब्लेट सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी दहथुम समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । चितवन, कालिका नगरपालिका-५ मित्र चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ९४ ट्याब्लेट, एनारगन १ सय ७८ ट्याब्लेट र भोमिन १६ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २५ वर्षीय सुरज सिम्खडालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट पदमपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कैलाली, गोदावरी नगरपालिका-२ शान्ति टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ ग्राम ६० मिलिग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय रबिन कुमार मल्ल र डोटी पुर्वीचौकी गाउँपालिका-४ बस्ने २८ वर्षीय काले भन्ने तेज बहादुर खड्का रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको संयुक्त टोलीले रबिनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-२ पुरानो भन्सार रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ४० मिलिग्राम सहित सोही उपमहानगरपालिका-२ कटान बस्ने १९ वर्षीय दिपक बोहरालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । तनहुँ, आबुँखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध डाईजेपाम ८ सय ६६ एम्पुल, फेनारगन ८ सय ६६ एम्पुल र बुप्रेनोर्फिन ८ सय ६६ एम्पुल सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रूपन्देही ओमसतिया गाउँपालिका-५ बस्ने ३५ वर्षीया मालती लोध र ५० वर्षीया शिला हरिजन रहेका छन् । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०१-००६ ख ७२८३ नम्बरको माइक्रो बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय २० मिलिग्राम सहित सप्तरी सुरूङ्गा नगरपालिका-५ बस्ने २८ वर्षीय रधिर कुमार चौधरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भिमान, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरीले राजविराजबाट काठमाडौंतर्फ जाँदै गरेको बा.५ ख ३६१ नम्बरको हायस गाडीमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९५ ग्राम ५० मिलिग्राम र नगद ५६ हजार रूपैयाँ सहित रूपन्देही मायादेवी गाउँपालिका-४ बस्ने ४७ वर्षीय भगवान दास लोनियालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भिमान, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरीले विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको बा.५ ख ५०७५ नम्बरको हायस गाडीमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नियन्त्रित लागूऔषध सहित तीन जना पक्राउ
२०८२-०३-२७

नुवाकोट, बिदुर नगरपालिका-१० सिमुटारबाट नियन्त्रित लागूऔषध सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिदुर नगरपालिका-९ कोलनी बस्ने २६ वर्षीय प्रोमेश श्रेष्ठ, २७ वर्षीय प्रदिप बिसुङ्खे र सोही नगरपालिका-१० गेर्खुटार बस्ने २४ वर्षीय बिशाल मग्राती रहेका छन् । अस्थायी प्रहरी पोष्ट सिमुटारबाट खटिएको प्रहरीले कोलनीबाट बेत्रावतीतर्फ जाँदै गरेको बा.८६ प ८८९२ नम्बरको स्कुटरमा सवार प्रोमेश र प्रदिपलाई डाईजेपाम ६ एम्पुल, नुर्फिन ६ एम्पुल र प्रोमेथाजाइन हाईड्रो क्लोराईड ६ एम्पुल तथा पैदलयात्री बिशाललाई ट्रामाडोल ६ सय ट्याब्लेट सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ
२०८२-०३-२७

काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-४ बस्ने ४६ वर्षीया सन्जु तामाङलाई अवैध लागूऔषध गाँजा ७ किलो ८ सय ग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले सन्जुको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।  झापा, दमक नगरपालिका-४ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ५० ट्याब्लेट र एनारगन ३ सय ५० ट्याब्लेट सहित ४ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ बस्ने १९ वर्षीया प्रिया तामाङ, सोही नगरपालिका-५ बस्ने १९ वर्षीय सुमित सुन्दास, २१ वर्षीय प्रविन चेम्जोङ र सोही नगरपालिका-१० सानो बाह्रघरे बस्ने २७ वर्षीय मनोज खनाल रहेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कैलाली, भजनी नगरपालिका-५ लालबोझीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ६ सय ७० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ बस्ने २५ वर्षीय मनोज चौधरी, २१ वर्षीय बिक्रम चौधरी, २८ वर्षीय हनुमान चौधरी र घोडाघोडी नगरपालिका-१२ बस्ने २१ वर्षीय बिशाल चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको से.३ प ९२६३ र ग.६ प ८३७९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, इटहरी उपमहानगरपालिका-४ बाट अवैध लागूऔषैध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ४० मिलिग्राम सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा साँगुरीगढी गाउँपालिका-६ बस्ने २६ वर्षीय धिरेन राई र २७ वर्षीय धिरज मगर रहेका छन् । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त उक्त पदार्थ सहित पक्राउ गरेको हो । सिराहा, लहान नगरपालिका-१ बाट नियन्त्रित लागूऔषध डाइजेपाम २० एम्पुल, बुप्रेनोर्फिन २० एम्पुल र फेनारगन २० एम्पुल सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ बस्ने ३० वर्षीय बोना भन्ने राम बाबु दास र ३१ वर्षीय राम उदगार पुर्वे रहेका छन् । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले लु. ७३ प ५३८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । बर्दिया, बढैयाताल गाउँपालिका-७ कर्णालीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुलरिया नगरपालिका-१ खैरापुर बस्ने २२ वर्षीय किरण विक र १९ वर्षीय तारा बहादुर चुनी मगर रहेका छन् । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतको बलइ गाउँबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  दाङ, घोराही उपमहानगरपालिका-१३ नयाँबसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तुलसीपुर उपमहानगरपालिका-७ पर्सेनी बस्ने २८ वर्षीय तुलसीराम रसाईली र सोही नगरपालिका-७ बस्ने २३ वर्षीय बिजय अधिकारी रहेका छन् । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २० जना पक्राउ
२०८२-०३-२६

काठमाडौं महानगरपालिका-३२ पाल्पाकोट चोकबाट अवैध लागूऔषध पोलेन ४० किलोग्राम र नगद १ लाख २५ हजार रूपैयाँ सहित ५ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने धादिङ गजुरी गाउँपालिका-४ घर भएका ३८ वर्षीय सुमन चेपाङ, काठमाडौं महानगरपालिका-३ महाराजगंज बस्ने गजुरी गाउँपालिका-४ घर भएका ३६ वर्षीय जिवन प्रजा, धादिङ गजुरी गाउँपालिका-४ घर भएका १९ वर्षीय निराजन चेपाङ, १९ वर्षीय प्रकाश चेपाङ र २० वर्षीय शंकर चेपाङ रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु समेतबाट खटिएको प्रहरीले सुमनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-३ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय २० मिलिग्राम सहित सोही नगरपालिका-९ बस्ने २४ वर्षीय संजय कुमार खड्कालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरोको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, झापा गाउँपालिका-१ बाट अवैध लागूऔषध ब्राउनुसगर जस्तो देखिने पदार्थ करिब १ सय ग्राम सहित भारत बिहार किसनगंज सिंगीमारी पञ्चायत-५ बस्ने ६० वर्षीय गबरी साहलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, झापा गाउँपालिका-४ सुकुमबासी बस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ५० ग्राम सहित कनकाई नगरपालिका-१ दुर्गापुर बस्ने ३० वर्षीय पवन ऋषिदेवलाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-१६ तीन नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १३ ग्राम  ८ सय ५० मिलिग्राम सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुढिगंगा गाउँपालिका-३ बस्ने  ३७ वर्षीय बिन्दुराज महत्र र संखुवासभा धर्मदेवी नगरपालिका-३ बस्ने ३३ वर्षीय श्याम बहादुर पौडेल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । नवलपरासी पश्चिम, सुनवल नगरपालिका-३ खैरेनी छटियाघाट पुल नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ४ मिलिग्राम सहित सोही नगरपालिका-९ काशीपुर बस्ने २१ वर्षीय सुदिप चौधरीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, देवानगंज गाउँपालिका-२ यादव टोलबाट अवैध लागूऔषध गाँजा करिब ५ किलोग्राम सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २० वर्षीय प्रकाश यादव र सोही गाउँपालिका-७ बस्ने १९ वर्षीय धिरज यादव रहेका छन् । इलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको प्रहरीले प्रकाशको घर तलासी गर्दा उक्त गाँजा फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-२ स्थित युकी मोडबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९० ट्याब्लेट र डिकोलिक ९० ट्याब्लेट सहित धरान उपमहानगरपालिका-१५ घर भएका १९ वर्षीय मोहित राईलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी इटहरी उपमहानगरपालिका-२ बस्ने २२ वर्षीय अनिल मगरलाई नियन्त्रित लागूऔषध ट्रामाडोल २५ ट्याब्लेट, डिकोलिक ३० ट्याब्लेट र मोबाइल १ थान सहित बुधबार बेलुकी प्रहरीले पक्राउ गरको छ ।  कञ्चनपुर, बेलौरी नगरपालिका-७ पौलाहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ९ सय १० मिलिग्राम सहित ३ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कृष्णपुर नगरपालिका-९ पिपरिया बस्ने २६ वर्षीय कृष्ण राना, २७ वर्षीय महेश राना र कैलाली धनगढी उपमहानगरपालिका-८ धनगढी गाउँ बस्ने १८ वर्षीया किशोरी रहेका छन् । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको से.२ प ८२३८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  सर्लाही, मलंगवा नगरपालिका-८ बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १७ ट्याब्लेट सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लालबन्दी नगरपालिका-८ बस्ने २७ वर्षीय विवेक चौलागाई र २६ वर्षीय लक्ष्मण बम्जन रहेका छन् । प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा.६६ प १५७५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो  ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।