प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

करिब २ करोड रूपैयाँ बराबरका विभिन्न गरगहना सहित चार जना पक्राउ

२०८२-०२-२८

  • A
  • A-
  • A+
Share

काठमाडौं, काठमाडौं महानगरपालिका-२२ प्युखाबाट करिब २ करोड १ लाख ७८ हजार ३ सय ६० रूपैयाँ बराबरको बिल भरपाई बिनाका सुन, हिरा तथा पत्थरका गहनाहरू सहित ४ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२२ बस्ने भारत कलकत्ता घर भएका ४३ वर्षीय हविवुल सेख, ३९ वर्षीय सुर्यजित दास, ४० वर्षीय तमल साद्रा र १६ वर्षीय बालक रहेका छन् ।

काठमाडौं महानगरपालिका-२२ प्युखा कृष्णचोकस्थित हविवुलले सञ्चालन गरेको मुन्ना जेम एण्ड ज्वेलर्समा बिल भरपाई नभएका सुन, हिरा तथा पत्थरका गरगहनाहरू बिक्री वितरण गरिरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, जिल्ला प्रहरी परिसर काठमाडौं तथा प्रहरी वृत्त जनसेवाबाट संयुक्त रूपमा खटिएको प्रहरीले उक्त ज्वेलर्स तलासी गर्दा बिल भरपाई बिनाका उक्त रकम बराबरको गहनाहरू फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान विभाग पठाईएको छ । 


सम्बन्धित समाचार
बाह्‍य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रा सहित एक जना पक्राउ
२०८२-११-१३

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाबाट बाह्‍य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर १० हजार ५ सय, युरो २६ हजार ७ सय,  चाइनिज युआन ७ हजार ४ सय र Fem hundra kronor (स्विडेन) ४३ हजार सहित स्वीडिस नागरिक ५१ वर्षीया KUNCHOK KHANDRO मंगलबार बिहान पक्राउ परेकी छिन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले सिचुवान एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट चीन जान लागेकी उनलाई जाँच गर्ने क्रममा उनको ब्यागबाट उक्त मुद्राहरू फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।