जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ
२०८२-०२-३१
- A
- A-
- A+
काठमाडौं, काठमाडौं महानगरपालिका-३१ शान्तिनगर बस्ने विज्ञान बोगटीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४५ वर्षीय राजेश गिरी समेत १२ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २० हजार ३० रूपैयाँ र १० बुक तास सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट १ थान मोटरसाइकल र १ थान स्कुटर समेत बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।