प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अपराधिक लाभ र विद्युतीय अपराधमा संलग्न दुई जना पक्राउ

२०८२-०२-३०

  • A
  • A-
  • A+
Share

संखुवासभा, अपराधिक लाभ र विद्युतीय अपराधमा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भोजपुर षडानन्द नगरपालिका-१ घर भएका २९ वर्षीय सुजन भुजेल र २१ वर्षीय बिपल राई रहेका छन् । 

पीडितको व्यक्तिगत एवम् गोपनीयताका विषयमा फोटो/भिडियो बनाई पीडितको आफन्त तथा साथीहरूलाई पठाई चरित्र हत्या गरेको र फोटो/भिडियो सार्वजनिक गरी दिने धम्की दिई डर, त्रास देखाई रकम माग गरेको भन्ने पीडितको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई खाँदबारी नगरपालिका-१ बाट पक्राउ गरेको हो । 

उनीहरू उपर जिल्ला अदालत संखुवासभा चैनपुरबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-११-२७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर, ललितपुर महानगरपालिका-१ बस्ने मोरङ पथरी शनिश्चरे नगरपालिका-३ घर भएका २२ वर्षीय सम्योग राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । राईले ग्रीस पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-१३ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशीक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।