प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ

२०८२-०३-०२

  • A
  • A-
  • A+
Share

झापा, दमक नगरपालिका-७ सयपत्री टोलबाट नियन्त्रित लागूऔषध भोमिन ३ सय १० ट्याब्लेट र ट्रामाडोल ३ सय १० ट्याब्लेट सहित सोही नगरपालिका-७ हाटखोला बस्ने १९ वर्षीय पुष्कर मगरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

यसैगरी झापा, बिर्तामोड नगरपालिका-४ नयाँबारी टोल बस्ने २२ वर्षीय निजाम मियालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ४० मिलिग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । 

रूपन्देही, ओमसतिया गाउँपालिका-२ पडसरी डेरा गरी बस्ने सिद्धार्थनगर नगरपालिका-३ घर भएका २६ वर्षीय जावेद खानलाई नियन्त्रित लागूऔषध डाईजेपाम ३८ एम्पुल, नुर्फिन ३८ एम्पुल र मेटाजिन ३८ एम्पुल सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । 

सिन्धुली, कमलामाई नगरपालिका-६ धुराशिरानस्थित पसल गरी बस्ने फिक्कल गाउँपालिका-३ घर भएकी ४० वर्षीया देवमाया तामाङ समेत ३ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ७० मिलिग्राम सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । तामाङले लागूऔषधको कारोबार गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले पसल तलासी गर्ने क्रममा पसल पछाडी शौचालय नजिकै झारमा लुकाई राखेको उक्त पदार्थ र डिजिटल तराजु फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १० मिलिग्राम सहित २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उर्लाबारी नगरपालिका-४ बस्ने ३० वर्षीय राकेश लिम्बु र २२ वर्षीय दिपेश खनाल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

भक्तपुर, मध्यपुर थिमी नगरपालिका-६ स्थित नगरपालिका चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय ४३ ट्याब्लेट सहित काठमाडौं दक्षिणकाली नगरपालिका-१६ फर्पिङ घर भई भक्तपुर पुरानोठिमी बस्ने २६ वर्षीय अनिस तामाङ समेत ४ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको   हो ।

बाँके, नेपालगंज उपमहानगरपालिका-१ प्रगतीनगर टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ६ ग्राम ८ सय १० मिलिग्राम, मोबाइल १ थान र डिजिटल तराजु १ थान सहित सोही ठाउँ बस्ने २९ वर्षीय चुनकुन पासीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज र अस्थायी प्रहरी पोष्ट बसपार्क नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित पाँच जना पक्राउ
२०८२-०४-०६

झापा, भद्रपुर नगरपालिका-७ डाँफेचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३७ ग्राम ४ सय ९० मिलिग्राम सहित ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय सुनिल चापागाई, नुवाकोट तादी गाउँपालिका-६ बस्ने ३० वर्षीय मन कुमार दर्जी र उनकै श्रीमती २६ वर्षीया शशी खत्री रहेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, जानकी गाउँपालिका-३ नयाँ लायकपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिन पदार्थ १ ग्राम ३ सय ४० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीय भुवन कठरिया र ३५ वर्षीय राजु चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
२०८२-०४-०६

कञ्चनपुर, भीमदत्त नगरपालिका-१७ मझगाउँबाट नियन्त्रित लागूऔषध फेनारगन २२ एम्पुल सहित सोही नगरपालिका-१८ कटान बस्ने ३१ वर्षीय बिनोद चन्दलाई गए राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी बिट मझगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  सुनसरी, इटहरी उमपमहानगरपालिका-२ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ट्याब्लेट र स्पास्पेन १ सय १० ट्याब्लेट सहित सोही उपमहानगरपालिका-२ त्रिवेणी चोक बस्ने २३ वर्षीय आकाश भण्डारीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट हवौचोकबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१३ निसाने डाँडास्थित सडकबाट अवैध लागूऔषध गाँजा ९ किलोग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका-७ बस्ने २४ वर्षीय सुरेश खत्वे र २० वर्षीय तुलसी पासवान रहेका छन् । अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरीले राजारानीबाट धरानतर्फ आउँदै गरेको को.१ ख ६०९० नम्बरको बसमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध डाईजेपाम १ सय ८५ एम्पुल, फेनारगन १ सय ८५ एम्पुल र बुप्रेनोर्फिन १ सय ८५ एम्पुल सहित लमजुङ सुन्दरबजार नगरपालिका-८ बलीथुम बस्ने ६३ वर्षीय प्रेम बहादुर परियारलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग.१ ख ६४९८ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । दाङ, तुलसीपुर उपमहानगरपालिका-९ नयाँबस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय नन्द बहादुर खड्कालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-५ प्रस्याङबाट नियन्त्रित लागूऔषध फेनारगन ४७ एम्पुल, नुर्फिन ४७ एम्पुल, डाईजेपाम ५१ एम्पुल, अवैध लागूऔषध गाँजा ३ सय ग्राम र टापेन्टाडोल ७ ट्याब्लेट सहित ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने बाग्लुङ घर भएका २६ वर्षीय पूर्ण मगर, धादिङ घर भएका २३ वर्षीय किरण अर्याल क्षेत्री, पोखरा महानगरपालिका-५ मालेपाटन बस्ने २८ वर्षीय प्रदिप सुनार र सोही महानगरपालिका-६ दिगोपाटन बस्ने पाल्पा घर भएका २३ वर्षीय बिनोद सिन्जाली रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय वैदामबाट खटिएको प्रहरीले पूर्णको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । झापा, गौरादह नगरपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३१ मिलिग्राम सहित सोही नगरपालिका-१ चैतु चोक बस्ने २५ वर्षीय लुखीराम बास्की समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम १ सय १० मिलिग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कपिलबस्तु बागगंगा नगरपालिका-६ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१ बस्ने १९ वर्षीय बिकाश राज पाण्डे र सोही ठाउँ बस्ने २२ वर्षीय कबिन चन्दन रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले बर्दिबासबाट काठमाडौंतर्फ जाँदै गरेको बा.८८ प १९८१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
२०८२-०४-०५

काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-८ जोरपाटी गैरीगाउँबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ४७ ट्याब्लेट सहित सोही ठाउँ डेरा गरी बस्ने शंखरापुर नगरपालिका-२ पटाप घर भएका २६ वर्षीय जोन तामाङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कञ्चनपुर, पुनर्वास नगरपालिका-११ स्थित डोकेबजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ४० मिलिग्राम सहित कैलाली धनगढी उपमहानगरपालिका-४ चौराहा बस्ने १९ वर्षीय आयुष मल्ललाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी परासन समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कञ्चनपुर, कृष्णपुर नगरपालिका-६ सिंहपुर राना टोलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम २ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने आकाश राना समेत ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरीले बा.४६ प ७७३९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम सहित अर्जुनधारा नगरपालिका-५ बस्ने २५ वर्षीय अजय धिमाललाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, मेचीनगर नगरपालिका-३ दोकडाँडा बस्ने ४३ वर्षीय हरिलाल न्यौपानेलाई अवैध लागूऔषध गाँजा १ किलो ५ सय २८ ग्राम सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नकलबन्दाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।  यसैगरी झापा, दमक नगरपालिका-५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४२ ग्राम १७ मिलिग्राम, नगद ३७ हजार ९ सय रूपैयाँ र डिजिटल तराजु १ थान सहित भारत विहार कटिहार घर भएका २८ वर्षीय सुरज कुमार साहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बर्दिया, बढैयाताल गाउँपालिका-७ पचासास्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ५० मिलिग्राम सहित बाँके बैजनाथ गाउँपालिका-५ छमनिया बस्ने २४ वर्षीय कर्ण बहादुर लोहारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी बर्दिया, गुलरिया नगरपालिका-८ भादाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय २० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-९ टेपरी बस्ने ३० वर्षीय अबधेश यादव र ३३ वर्षीय विवेक गिरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले महम्दपुर देखि गुलरिया बजारतर्फ आउँदै गरेको भे.१ ह ६८७ नम्बरको अटो तलासी गर्दा उक्त लागूऔषध फेला पारी अटो चालक अबधेश र अटोमा सवार विवेकलाई पक्राउ गरेको हो ।  तनहुँ, शुक्लागण्डकी नगरपालिका-४ दुलेगौडाबाट नियन्त्रित लागूऔषध डाईजेपाम ३६ एम्पुल, फेनारगन ३६ एम्पुल र नोर्फिन ३६ एम्पुल सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शुक्लागण्डकी नगरपालिका-८ बस्ने ३० वर्षीय किरण आले, सोही नगरपालिका-४ दुलेगौडा बस्ने ३० वर्षीय विशाल गुरूङ र १८ वर्षीय किशोर रहेका छन् । इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले विशालको डेरा कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  मकवानपुर, हेटौडा उपमहानगरपालिका-१० बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय २० मिलिग्राम सहित सोही उपमहानगरपालिका-०१ चौकीटोल बस्ने २१ वर्षीय दिल बहादुर लो तामाङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको  हो ।  धनकुटा, चौबिसे गाउँपालिका-५ मानेडाँडाबाट नियन्त्रित लागूऔषध ट्रामोल ९२ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २५ वर्षीय सौगात मगरलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय राजारानीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । बाँके, कोहलपुर नगरपालिका-७ लखनास्थित घरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ८० मिलिग्राम सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका-६ बस्ने २१ वर्षीय रामलाल भुजुवा, सोही  नगरपालिका-७ बस्ने ३३ वर्षीय मिथुन थारू र सोही नगरपालिका-५ बस्ने ३२ वर्षीय जनक थारू रहेका छन् । इलाका प्रहरी कार्यलय कोहलपुर र अस्थायी प्रहरी चौकी हवल्दारपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।