अवैध लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ
२०८२-०३-०२
- A
- A-
- A+
झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २१ ग्राम ९ सय ४० मिलिग्राम सहित कन्काई नगरपालिका-४ सुरूङगा बस्ने ३३ वर्षीय संञ्जित सिवा दर्जीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।