प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध गाँजा सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

२०८२-०३-०३

  • A
  • A-
  • A+
Share

सप्तरी, लागूऔषध गाँजा सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी हनुमाननगर कंकालिनी नगरपालिका-१ बस्ने ३५ वर्षीय बुधन भन्ने जोगानन्द मण्डललाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । 

उक्त मुद्दामा फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय भारदहबाट खटिएको प्रहरीले हनुमाननगर कंकालिनी नगरपालिका-१ बाट पक्राउ गरेको हो  ।

उनी उपर लागूऔषध सम्बन्धी कसूरमा जिल्ला अदालत सप्तरीबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
गृह मन्त्रालयको कर्मचारी हुँ भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०४-०८

काठमाडौं, गृह मन्त्रालयको कर्मचारी हुँ भन्दै ठगी गरेको अभियोगमा काठमाडौं महानगरपलिका-३१ नयाँबानेश्वर बस्ने सिन्धुली कमलामाई नगरपालिका-१३ घर भएका ४६ वर्षीय गंगा हरि न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ ।  गृह मन्त्रालयको कर्मचारी हुँ भनि झुठा परिचय दिई पीडितहरूलाई गृह मन्त्रालयमा करारमा जागिर लगाई दिने विश्वास दिलाई नागरिकताको फोटोकपी लगायका कागजातहरु माग गरी फर्जी कर्मचारी फारम भराई रकम समेत लिई ठगी गरेको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय सिन्धुलीको समन्वयमा उनलाई सिन्धुली भिमान चोकबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०४-०८

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१ कमलपोखरी बस्ने धनुषा मिथिला नगरपालिका-१० घर भएका ४६ वर्षीय सन्तोष पुडासैनीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  उच्च अदालत पाटन ललितपुर समेतबाट विभिन्न मितिमा भएको फैसला बमोजिम ७३ लाख जरिवाना र १ महिना ४ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय ललितपुरबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका-२९ धापाखेलबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 

ठगीमा संलग्न तीन जना पक्राउ
२०८२-०४-०८

काठमाडौं, ठगीमा संलग्न रहेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-१ लोकन्थली बस्ने काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-२ घर भएका २३ वर्षीय विशाल घिमिरे, काठमाडौं महानगरपालिका-९ गौशाला बस्ने सर्लाही लालबन्दी नगरपालिका-१ नवलपुर घर भएका २५ वर्षीय समिर सिंह र ललितपुर महालक्ष्मी नगरपालिका-५ ईमाडोल बस्ने सर्लाही कविलासी नगरपालिका-९ सल्यानपुर घर भएका २६ वर्षीय अशोक कुमार यादव रहेका छन् ।  अमेरीका जाने प्रयोजनका लागि बैंक ब्यालेन्स देखाउन १ करोड २० लाख  रकम आवश्यक भएको बहाना बनाई पीडितहरूलाई झुक्याई, प्रलोभनमा पारी उक्त रकम खातामा जम्मा गर्न लगाई अन्य व्यक्तिहरूको बैंक खाताहरूमा स्थानान्तरण गरी/गराई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरूलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

दुई किलोग्राम सुन सहित दुई जना चिनियाँ नागरिक पक्राउ
२०८२-०४-०७

काठमाडौं, दुई किलोग्राम सुन तथा नगद २४ लाख रूपैयाँ सहित २ जना चिनियाँ नागरिकहरूलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ ज्याँठा बस्ने चीन सिचुआन घर भएका ४६ वर्षीय CHUNLIN TAN र २४ वर्षीया XUEMI ZOU रहेका छन् । CHUNLIN TAN समेतका व्यक्तिहरूले भन्सार छली गरेको सुन नेपालमा ल्याई काठमाडौं महानगरपालिका-२६ ज्याँठास्थित JIU DING YUAN BIN GUAN होटलमा बसी अवैध रूपमा कारोबार गर्न लागेको भन्ने खबर प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले होटलको ३०४ नम्बरको कोठा तलासी गर्दा बिस्कुट आकारमा रहेको उक्त परिमाणको सुन तथा नगद फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको छ ।