चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०३-०४
- A
- A-
- A+
काठमाडौं, चेक अनादर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-९ गौरीघाट बस्ने सर्लाही हरिपुर नगरपालिका-९ घर भएका २६ वर्षीय आयुष शाहलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौंको २०८१ चैत २९ गतेको फैसलाले उक्त मुद्दामा २ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं महानगरपालिका-२८ कमलादीबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।