प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित चार जना पक्राउ

२०८२-०३-०५

  • A
  • A-
  • A+
Share

 काठमाडौं महानगरपालिका-१५ अजिमा हल नजिकै डेरा गरी बस्ने धनुषा जनकपुर घर भएकी २० वर्षीया मनिषा ठाकुरलाई नियन्त्रित लागूऔषध ट्रामाडोल २१ हजार ५ सय ट्याब्लेट, फेनारगन २ सय ६० एम्पुल, डाईजेपाम २ सय ६० एम्पुल, नोर्फिन २ सय ६० एम्पुल र नगद २ लाख २५ हजार ८ सय रूपैयाँ सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  

तनहुँ, शुक्लागण्डकी नगरपालिका-६ अर्चलेबाट अवैध लागूऔषध गाँजा २ किलो ६ सय १० ग्राम र नगद १५ हजार ५ सय रूपैयाँ सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-७ बस्ने २० वर्षीय विपिन नेपाली र सोही नगरपालिका -६ बस्ने २० वर्षीय पदम नेपाली रहेका छन् । इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले थर्पुबाट खैरेनीटारतर्फ आउँदै गरेको ग.२३ प ४५११ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । 

चितवन, राप्ती नगरपालिका-९ अमृतपानीबाट अवैध लागूऔषध गाँजा ५ किलो १ सय ग्राम सहित खैरहनी नगरपालिका-१३ सिम्रनी बस्ने ५६ वर्षीय उपेन्द्र महतोलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले सिद्धिबाट अमृतपानीतर्फ आउँदै गरेको बा.१५ प ३६४१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक उपेन्द्रलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२-०४-२२

काठमाडौं, चन्द्रागिरी नगरपालिका-१२ बलम्बुबाट अवैध लागूऔषध गाँजाको धुलो जस्तो देखिने पदार्थ १ किलोग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ सोही नगरपालिका-११ सतुङ्गल बस्ने पर्सा ठोरी गाउँपालिका-४ निर्मल बस्ती घर भएका ३८ वर्षीय मान बहादुर श्रेष्ठ र सोही नगरपालिका-९ मच्छेगाउँ बस्ने मकवानपुर थाहा नगरपालिका-११ घर भएका २२ वर्षीय युवराज मोक्तान रहेका छन् । प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मकवानपुर, हेटौंडा उपमहानगरपालिका-९ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम १० मिलिग्राम सहित सोही उपमहानगरपालिका-२ बस्ने ३३ वर्षीय बिजय लामालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले गुम्बाचोकबाट वनस्पतितर्फ जाँदै गरेको ना.४ प ९५९६ नम्बरको  मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, कमल गाउँपालिका-६ काटाचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ हजार ट्याब्लेट, डाइक्लोमाइन २ हजार १ सय १० ट्याब्लेट र स्पास्पेन २ हजार ५० ट्याब्लेट सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने बिष्णु प्रसाद बगाले र दमक नगरपालिका-६ थानारोड बस्ने ४० वर्षीय गंगा बहादुर खड्का रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले बिष्णु प्रसादको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।  दार्चुला, शैल्यशिखर नगरपालिका-९ गोकुलेश्वर बजारबाट अवैध लागूऔषध चरेश १२ ग्राम ७ सय ३० मिलिग्राम सहित मार्मा गाउँपालिका-६ दार्चुला बस्ने २३ वर्षीय जनक महरालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त चरेश सहित पक्राउ गरेको हो ।  रूपन्देही, बुटवल उपमहानगरपालिका-११ रंगशालापथबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय मिलिग्राम सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-११ प्रगतिनगर बस्ने २२ वर्षीय रिजन खनाल र २२ वर्षीय ईशाक चौधरी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र प्रहरी चौकी देवीनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, कानेपोखरी गाउँपालिका-६ नर्सरीडाँडाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ९४ ट्याब्लेट र डाइक्लोमाइन १ सय ५५ ट्याब्लेट सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३३ वर्षीय प्रेम दाहाल र २२ वर्षीय निसान माझी रहेका छन् । प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।बारा, निजगढ नगरपालिका-४ बाट अवैध लागूऔषध गाँजा १० किलो ३ सय १८ ग्राम सहित रौतहट चन्द्रपुर नगरपालिका-‍४ जुडिवेला बस्ने २३ वर्षीय शिवजी धामीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । उदयपुर, बेलका नगरपालिका-१ बाट अवैध लागूऔषध गाँजा ९ किलोग्राम सहित बेलका नगरपालिका-३ मोरङ्गे टोल बस्ने ३५ वर्षीय सुनिल श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट आम्बासीबाट खटिएको प्रहरीले रामपुर ठोक्सिलाबाट फत्तेपुरतर्फ जाँदै गरेको प्रदेश १-०५-००१ प ९४७८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८२-०४-२१

  उदयपुर, बेलका नगरपालिका-१ बाट अवैध लागूऔषध गाँजा करिब ९ किलोग्राम सहित सोही नगरपालिका-३ मोरङ्गे टोल बस्ने ३५ वर्षीय सुनिल श्रेष्ठलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट आम्बासीबाट खटिएको प्रहरीले रामपुर ठोक्सिलाबाट फत्तेपुरतर्फ जाँदै गरेको प्रदेश.१-०५-००१ प ९४७८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।  मोरङ, पथरीशनिश्चरे नगरपालिका-१० शिविरडाँडाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १९ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २२ वर्षीय अब्राहम राईलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त लागूऔषध सोही नगरपालिका-१० पशुपतिनगर बस्ने २६ वर्षीय युकेश राईसँग खरिद गरेको खुल्न आएपश्चात उनको घर तलासी गर्दा थप ट्रामाडोल ४० ट्याब्लेट फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८२-०४-२१

सुनसरी, कोशी गाउँपालिका-१ लौकही बजार चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८८ ग्राम ३ सय ८० मिलिग्राम र नगद २ लाख ५६ हजार रूपैयाँ सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-४ जुदगंज बस्ने ३४ वर्षीय मनोज कुमार खत्वे र भारत अररिया बस्मतिया पन्चायत-८ बेल्हा बस्ने ४५ वर्षीय राज कुमार खत्वे रहेका छन् । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, ईनरूवा नगरपालिका-४ बस चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय मिलिग्राम सहित बराहक्षेत्र नगरपालिका-२ बस्ने २० वर्षीय रमेश बस्नेतलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसचोक ईनरूवाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   मकवानपुर, हेटौंडा उपमहानगरपालिका-२ शान्तिटोल बस्ने ३० आदेश लामालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम र अवैध लागूऔषध जस्तो देखिने सेतो धुलो पदार्थ २ ग्राम २० मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।   कैलाली, जानकी गाउँपालिका-७ भुर्साबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय मनोज कठरिया थारूलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, मेचीनगर नगरपालिका-६ काँकरभिट्टा बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ६ सय १० मिलिग्राम सहित बिर्तामोड नगरपालिका-५ बस्ने २४ वर्षीय अभिनाश चौधरीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको   छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, अर्जुनधारा नगरपालिका-७ मिलडाँडाबाट अवैध लागूऔष ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ सय मिलिग्राम र नगद १५ हजार ९ सय २० रूपैयाँ सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अर्जुनधारा नगरपालिका-४ बस्ने २४ वर्षीय देवेन्द्र भन्ने अशोक चौधरी, सोही नगरपालिका-७ बस्ने ३२ वर्षीय बिजय मगर र १८ वर्षीय किशोर रहेक छन् । प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ
२०८२-०४-२०

काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-८ बेशीगाउँस्थित सडकबाट नियन्त्रित लागूऔषध नोर्फिन १ सय ६२ एम्पुल, फेनारगन १ सय ६२ एम्पुल, डाईजेपाम १ सय ६८ एम्पुल र नगद ५ हजार ८ सय ५५ रूपैयाँ सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ गोकर्ण बस्ने सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका-१ घर भएका २९ वर्षीय छिरिङ लामा र २२ वर्षीय प्रदिप श्रेष्‍ठ रहेका छन् । प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । धनकुटा, धनकुटा नगरपालिका-९ मुलघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम ५ सय मिलिग्राम सहित शहिदभुमी गाउँपालिका-५ बस्ने ३० वर्षीय सन्ताप राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले भेडेटारबाट धनकुटातर्फ आउँदै गरेको प्रदेश १-०२-०५७ प ५०५४  नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ७ सय २० मिलिग्राम सहित साँगुरगढी गाउँपालिका-६ बस्ने २७ वर्षीय सिरेश राईलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी  कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ९० मिलिग्राम सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रामधुनी नगरपालिका-५ बस्ने २५ वर्षीय निरज खड्का र इटहरी उपमहानगरपालिका-१७ बस्ने १८ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, कोशी गाउँपालिका-७ हरिपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४४ ग्राम ३ सय ९० मिलिग्राम सहित मोरङ केराबारी गाउँपालिका-८ बस्ने २८ वर्षीय बाल कुमार पाण्डेलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट हरिपुरबाट खटिएको प्रहरीले काँकरभिट्टाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०३-००१ ख २९९६ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, मिक्लाजुङ गाउँपालिका-९ गणेश चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्राम सहित सोही गाउँपालिका-७ बस्ने २० वर्षीय बिक्रम लिम्बुलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मधुमल्लबाट खटिएको प्रहरीले मिक्लाजुङ गाउँपालिका-९ गणेश चोक बस्ने भुपाल खत्रीको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । प्रहरीले हाल फरार भुपालको खोजी गरिरहेको छ ।  उदयपुर, त्रियुगा नगरपालिका-६ जलजले ढाँटबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम १ सय ६० ट्याब्लेट सहित त्रियुगा नगरपालिका-३ बस्ने ३२ वर्षीय कुमार बुढाथोकी समेत २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरीले लाहानबाट गाईघाटतर्फ आउँदै गरेको ना.१ च ८३९१ नम्बरको विङ्गरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-१७ बिरौटा घारीकुलोबाट नियन्त्रित लागूऔषध डाईजेपाम १ सय ६६ एम्पुल, फेनारगन १ सय ६९ एम्पुल र बुप्रेनोर्फिन १ सय ६६ एम्पुल सहित ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने स्याङ्जा घर भएकी ३२ वर्षीया रिना थापा मगर, ३४ वर्षीय विश्‍वास गुरूङ र पर्वत घर भएका ३९ वर्षीया मिना थापा मगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले रिनाको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी तीनै जनालाई पक्राउ गरेको हो ।  रूकुम पश्‍चिम, मुसिकोट नगरपालिका-३ पिपलनेटाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय युवराज विकलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रूकुम पश्‍चिम समेतबाट खटिएको प्रहरीले खलंगादेखि माझमीतर्फ जाँदै गरेको रा.२ प ६०२८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  पर्सा, छिपरमाइ गाउँपालिका-३ झलमैया चोकबाट अवैध लागूऔषध गाँजा १ किलोग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय चुनु कुमार यादवलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बुढगाइबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  सुर्खेत, लेकबेशी नगरपालिका-१० बडीपाटीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ४० मिलिग्राम र नगद १ हजार रूपैयाँ सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरेन्द्रनगर नगरपालिका-३ बस्ने २१ वर्षीय नबिन रावल र २५ वर्षीय रूपेश भण्डारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको भे.३ प २१४४ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करिब ४ सय ७० किलो गाँजा सहित ट्रक चालक पक्राउ
२०८२-०४-१९

महोत्तरी, रामगोपालपुर नगरपालिका-५ रामगोपालपुर चोकबाट अवैध लागूऔषध गाँजा करिब ४ सय ७० किलो ९ सय ६० ग्राम सहित मकवानपुर राक्सिराङ गाउँपालिका-४ बस्ने २६ वर्षीय मान बहादुर मुक्तानलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास र इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले बर्दिबासबाट जलेश्वरतर्फ आउँदै गरेको ना.६ ख २९१९ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा १० वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक मान बहादुरलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८२-०४-१९

काठमाडौं, तारकेश्वर नगरपालिका-११ नेपालटारबाट नियन्त्रित लागूऔषध डाईजेपाम ५० एम्पुल, नोर्फिन ५४ एम्पुल र ट्रामाडोल ४० ट्याब्लेट सहित सोही ठाउँ डेरा गरी बस्ने सोलुखुम्बु दुधकुण्ड नगरपालिका-९ घर भएका ३० वर्षीय सन्तोष तामाङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नेपालटारबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा सोही नगरपालिका-९ बस्ने ६० वर्षीया ईश्वरी बखती र उनकै बुहारी २६ वर्षीया प्रभा खत्रीलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ५ हजार १ सय ट्याब्लेट सहित प्रहरीले पक्राउ गरेको छ । साथै तारकेश्वर नगरपालिका-७ फुटुङस्थित प्रभाको माईतीघरबाट थप ट्रामाडोल १५ हजार ७ सय ५० ट्याब्लेट प्रहरीले बरामद गरेको छ । यसैगरी तारकेश्वर नगरपालिका-९ बस्ने नुवाकोट घर भएका ३१ वर्षीय राम बखतीलाई समेत ट्रामाडोल १ हजार १ सय ९० ट्याब्लेट सहित प्रहरीले पक्राउ गरेको छ ।  बाँके, नेपालगंज उपमहानगरपालिका-१ धम्बोजीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ३ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय अनुप कुर्मीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मकवानपुर, हेटौंडा उपमहानगरपालिकमा-१५ रातोमाटे चेकप्वाईन्टबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ ग्राम २ मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१ चाईना क्वाटर बस्ने २२ वर्षीय समिर मोक्तान र सोही उपमहानगरपालिका-१० बस्ने धनुषा गणेशमान चारनाथ नगरपालिका-४ घर भएका २४ वर्षीय सिद्धार्थ आलेमगर रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०६-००१ज ०४१४ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-२७ रिठ्ठेपानी डेरा गरी बस्ने धादिङ सिद्धलेक गाउँपालिका-१ कालिदह घर भएका २४ वर्षीय राजन गुरूङलाई नियन्त्रित लागूऔषध नोर्फिन २ सय ५८ एम्पुल, डाइजेपाम १ सय ७६ एम्पुल र फेनारगन २ सय २४ एम्पुल सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-२ ब्यारेलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्राम ३ सय २० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अछाम साँफेबगर नगरपालिका-३ बस्ने  २२ वर्षीय हेमराज कुँवर र कैलाली गोदावरी नगरपालिका-११ बस्ने २६ वर्षीय बिक्रम विक रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले  उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सर्लाही, लालबन्दी नगरपालिका-१५ बाट अवैध लागूऔषध गाँजा ५ किलो ३ सय ३० ग्राम सहित सोही नगरपालिका-१४ बस्ने २१ वर्षीय संजित घिसिङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट परवानीपुरबाट खटिएको प्रहरीले कालिन्जोरबाट परवानीपुरतर्फ आउँदै गरेको बा.प्र.०२-०३२ प ५९१२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी चालक संजितलाई पक्राउ गरेको हो । प्रहरीले हाल फरार मोटरसाइकलमा सवार १ जनाको खोजी गरिरहेको छ । झापा, शिवसताक्षी नगरपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २९ वर्षीय राजेन्द्र कुमार ताजपुरिया र सोही नगरपालिका-४ बस्ने २१ वर्षीय अजय ताजपुरिया रहेका छन् । इलाका प्रहरी कार्यालय शिवगंज समेतबाट खटिएको प्रहरीले राजेन्द्रको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।