प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ

२०८२-०३-०६

  • A
  • A-
  • A+
Share

काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वरस्थित पाहुना गेष्ट हाउसबाट अवैध लगूऔषध गाँजा ४ किलो १ सय ग्राम सहित रामेछाप मन्थली नगरपालिका-१० घर भएका ३० वर्षीय सुरेश पुलामी मगरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्‍वरबाट खटिएको प्रहरीले उक्त होटलको कोठा नम्बर २०६ तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । 

यसैगरी काठमाडौं महानगरपालिका-१४ बल्खुबाट नियन्त्रित लागूऔषध डाईजेपाम २२ एम्पुल, नुर्फिन ३२ एम्पुल र  फेनारगन ३२ एम्पुल सहित ललितपुर सानेपा बस्ने ताप्लेजुङ घर भएका २७ वर्षीय गोपाल प्रधानलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

यसैगरी काठमाडौं महानगरपालिका-९ गौशलास्थित रोयल सिराह गेष्टहाउसबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १८ ग्राम सहित सोही महानगरपालिका-३२ कोटेश्‍वर बस्ने दोलखा भीमेश्वर नगरपालिका-३ घर भएका २६ वर्षीय आशिष राउतलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्‍वरबाट खटिएको प्रहरीले उक्त होटलको कोठा नम्बर २ तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । 

कञ्चनपुर, बेलडाँडी गाउँपालिका-३ कान्छी बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ३० मिलिग्राम सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेदकोट नगरपालिका-१० दैजी बस्ने ३२ वर्षीय केशब बिष्ट, बेलडाँडी गाउँपालिका-५ झिलमिला बस्ने २५ वर्षीय नरेन्द्र प्रसाद भट्ट र भीमदत्त नगरपालिका-४ महेन्द्रनगर बस्ने २८ वर्षीया लक्ष्मी चन्द रहेका छन् । इलाका प्रहरी कार्यालय बेलडाँडी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको १ थान मोटरसाइकल समेत बरामद गरेको छ ।

कैलाली, टिकापुर नगरपालिका-९ बालुवाटारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय मिलिग्राम सहित ५ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका-१ बस्ने २३ वर्षीय अम्मर शाही, २० वर्षीय लक्ष्मण बुढाथोकी, १९ वर्षीय रेशम जैसी, १९ वर्षीय खगेन्द्र भण्डारी र १७ वर्षीय किशोर रहेका छन् । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

झापा, भद्रपुर नगरपालिका-५ देवीबस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय जांगिर सेखलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

दाङ, गढवा गाउँपालिका-६ गढवा बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय मिलिग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरोको छ । पक्राउ पर्नेहरूमा भारत बलरामपुर बस्ने २९ वर्षीय मोहम्मद हकीम र ४० वर्षीय मोहद हाफु रहेका छन् । इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले कोईलाबासदेखी गढवातर्फ आउँदै गरेको  युपि ४७ एएच ८७३९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
२०८२-०४-०५

काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-८ जोरपाटी गैरीगाउँबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ४७ ट्याब्लेट सहित सोही ठाउँ डेरा गरी बस्ने शंखरापुर नगरपालिका-२ पटाप घर भएका २६ वर्षीय जोन तामाङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कञ्चनपुर, पुनर्वास नगरपालिका-११ स्थित डोकेबजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ४० मिलिग्राम सहित कैलाली धनगढी उपमहानगरपालिका-४ चौराहा बस्ने १९ वर्षीय आयुष मल्ललाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी परासन समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कञ्चनपुर, कृष्णपुर नगरपालिका-६ सिंहपुर राना टोलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम २ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने आकाश राना समेत ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरीले बा.४६ प ७७३९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम सहित अर्जुनधारा नगरपालिका-५ बस्ने २५ वर्षीय अजय धिमाललाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, मेचीनगर नगरपालिका-३ दोकडाँडा बस्ने ४३ वर्षीय हरिलाल न्यौपानेलाई अवैध लागूऔषध गाँजा १ किलो ५ सय २८ ग्राम सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नकलबन्दाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।  यसैगरी झापा, दमक नगरपालिका-५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४२ ग्राम १७ मिलिग्राम, नगद ३७ हजार ९ सय रूपैयाँ र डिजिटल तराजु १ थान सहित भारत विहार कटिहार घर भएका २८ वर्षीय सुरज कुमार साहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बर्दिया, बढैयाताल गाउँपालिका-७ पचासास्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ५० मिलिग्राम सहित बाँके बैजनाथ गाउँपालिका-५ छमनिया बस्ने २४ वर्षीय कर्ण बहादुर लोहारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी बर्दिया, गुलरिया नगरपालिका-८ भादाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय २० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-९ टेपरी बस्ने ३० वर्षीय अबधेश यादव र ३३ वर्षीय विवेक गिरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले महम्दपुर देखि गुलरिया बजारतर्फ आउँदै गरेको भे.१ ह ६८७ नम्बरको अटो तलासी गर्दा उक्त लागूऔषध फेला पारी अटो चालक अबधेश र अटोमा सवार विवेकलाई पक्राउ गरेको हो ।  तनहुँ, शुक्लागण्डकी नगरपालिका-४ दुलेगौडाबाट नियन्त्रित लागूऔषध डाईजेपाम ३६ एम्पुल, फेनारगन ३६ एम्पुल र नोर्फिन ३६ एम्पुल सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शुक्लागण्डकी नगरपालिका-८ बस्ने ३० वर्षीय किरण आले, सोही नगरपालिका-४ दुलेगौडा बस्ने ३० वर्षीय विशाल गुरूङ र १८ वर्षीय किशोर रहेका छन् । इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले विशालको डेरा कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  मकवानपुर, हेटौडा उपमहानगरपालिका-१० बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय २० मिलिग्राम सहित सोही उपमहानगरपालिका-०१ चौकीटोल बस्ने २१ वर्षीय दिल बहादुर लो तामाङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको  हो ।  धनकुटा, चौबिसे गाउँपालिका-५ मानेडाँडाबाट नियन्त्रित लागूऔषध ट्रामोल ९२ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २५ वर्षीय सौगात मगरलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय राजारानीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । बाँके, कोहलपुर नगरपालिका-७ लखनास्थित घरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ८० मिलिग्राम सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका-६ बस्ने २१ वर्षीय रामलाल भुजुवा, सोही  नगरपालिका-७ बस्ने ३३ वर्षीय मिथुन थारू र सोही नगरपालिका-५ बस्ने ३२ वर्षीय जनक थारू रहेका छन् । इलाका प्रहरी कार्यलय कोहलपुर र अस्थायी प्रहरी चौकी हवल्दारपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
२०८२-०४-०४

काठमाडौं, नागार्जुन नगरपालिका-५ स्थित हलचोक चौताराबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ८ किलो ५ सय ग्राम, पोलेन जस्तो देखिने पदार्थ १ किलोग्राम र नगद १६ हजार ५ सय रूपैयाँ सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने धादिङ गजुरी गाउँपालिका-८ घर भएकी ३८ वर्षीया चमेली ग्याल्वा तामाङ र काठमाडौं महानगरपालिका-१५ स्वयम्भू डेरा गरी बस्ने काभ्रे पनौती नगरपालिका-७ घर भएकी १९ वर्षीया बिनिता पुरी रहेका छन् । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले चमेलीको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी दुबै जनालाई पक्राउ गरेको हो । बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय मिलिग्राम सहित बाँके बैजनाथ गाउँपालिका-५ बस्ने १९ वर्षीय गौरव थारूलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी बर्दिया, गुलरिया नगरपालिका-७ बदालपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ८० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३१ वर्षीय अशोक कुमार यादव र सोही नगरपालिका-४ खैरी बस्ने ४३ वर्षीय राम प्रसाद रैदास रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।मकवानपुर, हेटौंडा उपमहानगरपालिका-४ मेनरोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम २ सय ८० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१० बस्ने सप्तरी राजगढ गाउँपालिका-२ घर भएका ३६ वर्षीय अजय सिंह समेत २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी मकवानपुर, बागमती गाउँपालिका-६ फापरबारीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने रौतहट गौर नगरपालिका-१३ सिर्सिया घर भएका ३१ वर्षीय अमित साहलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको   हो । सुनसरी, धरान उपमहानगरपालिका-१३ निसाने डाँडाबाट अवैध लागूऔषध गाँजा करिब ४ किलोग्राम सहित धनकुटा साँगुरीगढी गाउँपालिका-४ बस्ने ३२ वर्षीय मनोज राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको प्र.१-०२-००१ ख ९५२० नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी सुनसरी, इनरूवा नगरपालिका-६ हलेशी चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४१ ग्राम ४ सय ४० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ३ हजार ५ सय ५० ट्याब्लेट र स्पास्मो प्रोक्सिभन १ सय ४४ ट्याब्लेट सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इनरूवा नगरपालिका-८ बस्ने ३४ वर्षीय मोहमद सफरूल र कोशी गाउँपालिका-५ बस्ने ४८ वर्षीय अशोक कुमार यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको को.३३ प ३१४९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१५ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ६० ट्याब्लेट सहित सोही उपमहागनरपालिका-१५ एभरेष्ट लाईन बस्ने २१ वर्षीय विश्व लिम्बुलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो  ।  बाँके, नेपालगंज उपमहानगरपालिका-१४ उदयपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १६ ग्राम ५ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय अजय कुमार खटिकलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज र वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, कैलारी गाउँपालिका-१ हसुलिया बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १७ ग्राम ४ सय ६० मिलिग्राम सहित भारत लखिमपुर चन्दनचौकी घर भएका २३ वर्षीय अन्सु गुप्तालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बझाङ, जयपृथ्वी नगरपालिका-१० चैनपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय मिलिग्राम र चरेश जस्तो देखिने पदार्थ ४ सय ७० मिलिग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २४ वर्षीय सन्दिप बोहरा र सूर्मा गाउँपालिका-२ बस्ने २८ वर्षीय सागर बोहरा रहेका छन् । जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले सन्दिपको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।  रूपन्देही, सैनामैना नगरपालिका-८ बाँसगढीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ६ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय जगदिश थापा मगरलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको १ थान मोटरसाइकल समेत बरामद गरेको छ ।  सप्तरी, सुरूङ्गा नगरपालिका-४ बलान पुल नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-३ बस्ने २६ वर्षीय किरण श्रेष्ठ र कञ्चनपुर घर भएका ३० वर्षीय दिवस पाण्डे रहेका छन् । इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको २ थान मोटरसाइकल समेत बरामद गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २० जना पक्राउ
२०८२-०४-०३

   मकवानपुर, हेटौंडा उपमहानगरपालिका-२ पुरानो मनकामना पथ डेरा गरी बस्ने बकैया गाउँपालिका-९ घर भएका २१ वर्षीय अंकित दोङलाई नियन्त्रित लागूऔषध नाईट्राभेट १ सय ११ ट्याब्लेट र ट्रामाडोल ५ सय ३१ ट्याब्लेट सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ भोर्ले बस्ने ३० वर्षीय उमेश मोक्तानलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५ सय १० मिलिग्राम सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै उनले प्रयोग गरेको बा.प्र.०३-००५ प ९४९३ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।  यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ९ सय १० मिलिग्राम सहित पर्सा पोखरीया नगरपालिका-१ बनकटवा बस्ने २७ वर्षीय अकलेश महत्तो कुशहवालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले वीरगंजबाट हेटौंडा कमानेतर्फ आउँदै गरेको ना.३७ प ६४४९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-२ संगम चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम २ सय १० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१ चौकी टोल बस्ने २० वर्षीय सतिस लामा समेत ४ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सप्तरी, राजबिराज नगरपालिका-७ रंगशाला नजिक बस्ने ५३ वर्षीय नारायण बहादुर कार्कीलाई नियन्त्रित लागूऔषध स्पास्मो प्रोक्सिभन ३ सय ८२ ट्याब्लेट, नाईट्राजेपाम १ सय ४९ ट्याब्लेट, नगद २ लाख ५० हजार ५ सय १० नेपाली रूपैयाँ, ६ हजार ३ सय ३० भारतीय रूपैयाँ र मोबाइल १३ थान सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  बर्दिया, गुलरिया नगरपालिका-७ चौगुर्जीबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ २ ग्राम ६ सय ९० मिलिग्राम सहित सोही नगरपालिका-६ बस्ने ३५ वर्षीय असगर अलिलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-३ त्रिनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय १० मिलिग्राम सहित डोटी दिपायल सिलगढी नगरपालिका-३ बस्ने १९ वर्षीय दिपेन्द्र नेपालीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, जानकी गाउँपालिका-४ बेलपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय १० मिलिग्राम सहित २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय निरज कठरिया र २० वर्षीय अमन बडायक रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१० सिमलघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ३० मिलिग्राम सहित भारत लखिमपुर खिरी सुडा बस्ने २५ वर्षीय कल्लु रानालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट जुगेडा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सिन्धुली, कमलामाई नगरपालिका-८ माईस्थानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ सय ३० मिलिग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कमलामाई नगरपालिका-६ बस्ने २६ वर्षीय सुदर्शन मग्राती र २५ वर्षीय गुञ्ज बहादुर ओली रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले सिन्धुलीतर्फ आउँदै गरेको ना.३ ख ७९०५ नम्बरको बसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । सुनसरी, कोशी गाउँपालिका-१ लौकही चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३६ ग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोशी गाउँपालिका-२ यादव टोल बस्ने ३२ वर्षीय दिनेश कुमार यादव र सप्तरी तिलाठी कोईलाडी गाउँपालिका-८ बस्ने २४ वर्षीय रंजित कुमार यादव रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, ईनरूवा नगरपालिका-४ बस चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ७० ट्याबलेट सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बराहक्षेत्र नगरपालिका-९ बस्ने १९ वर्षीय प्रबिन बिष्ट र मोरङ बेलबारी नगरपालिका-९ बस्ने अमृत तमाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । झापा, बुद्धशान्ति गाउँपालिका-४ राईचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ३० मिलिग्राम सहित सोही गाउँपालिका-३ बस्ने २२ वर्षीय साजन मगरलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय  बुधबारेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।