प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

विभिन्न किसिमका सुन गरगहना सहित दुई जना पक्राउ

२०८२-०३-०७

  • A
  • A-
  • A+
Share

कास्की, पोखरा महानगरपालिका-२२ पुम्दी भुम्दीबाट करिब ८२ तोला १६ लाल बराबरका विभिन्न किसिमका सुनका गरगहना सहित २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत न्यू प्रताप नगर जिटि रोड अमृतसर-१ पंजाव घर भएका ४९ वर्षीय कुलदिप सिंह र रूपन्देही तिलोत्तमा नगरपालिका-१६ पूर्वबहिया घर भएका ४७ वर्षीय राम बहादुर विक रहेका छन् । पोखराका विभिन्न स्थानहरूमा अवैध रूपमा विक्री वितरणको लागि सुन ल्याएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले बुटबलतर्फ जाँदै गरेको माईक्रो बसमा सवार उनीहरूलाई सुनको गरगहना सहित फेला पारी पक्राउ गरेको हो । उनीहरूको साथबाट सुनको ढिक्का, सिक्री २९ थान, दानावाला माला १ थान, पथ्थर जडित र हिरा जडित औंठी ५७ थान, कानमा लगाउने जुली ३ सय २४ थान, मंगलसुत्र १७ थान, लकेट ९९ थान, कालो र रातो माला सहितका पोते १९ थान र झुम्का बरामद भएको छ । 

उनीहरूलाई आवश्यक कारवाही तथा थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ । 


सम्बन्धित समाचार
ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-११-२७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर, ललितपुर महानगरपालिका-१ बस्ने मोरङ पथरी शनिश्चरे नगरपालिका-३ घर भएका २२ वर्षीय सम्योग राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । राईले ग्रीस पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-१३ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशीक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।