प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ

२०८२-०३-०७

  • A
  • A-
  • A+
Share

काठमाडौं, चेक अनादर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-३ बसुन्धारा बस्ने गोरखा वारपाक सुलिकोट गाउँपालिका-५ घर भएका ४० वर्षीय अशोक थापालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत काठमाडौंको २०८१ मंसिर १६ गतेको फैसला उक्त मुद्दामा बिगो वापत २ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर गोदावरी नगरपालिका-१३ सन्तानेश्वर मन्दिर नजिकबाट पक्राउ गरेको हो । 

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 


सम्बन्धित समाचार