अवैध सुन भन्सार चोरी पैठारी तथा संगठित अपराधमा संलग्न फरार प्रतिवादी पक्राउ
२०८२-०३-०७
- A
- A-
- A+
काठमाडौं, अवैध सुन भन्सार चोरी पैठारी तथा संगठित अपराधमा संलग्न फरार प्रतिवादी काठमाडौं टोखा नगरपालिका-३ सूर्यदर्शन टोल बस्ने रोल्पा थवाङ गाउँपालिका-२ घर भएकी ४४ वर्षीया अमला रोकालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
२०८० साउन २ गते बरामद भएको ६० किलो अवैध सुन घटनाको अनुसन्धान सम्बन्धमा भन्सार चोरी पैठारी तथा संगठित अपराध मुद्दामा संलग्न रही फरार रहेकी रोकालाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं टोखा नगरपालिका-३ सूर्यदर्शन टोलबाट पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।