प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

२०८२-०३-१०

  • A
  • A-
  • A+
Share

मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १३ ग्राम ६ सय ५ मिलिग्राम सहित लमजुङ मर्स्याङ्दी नगरपालिका-२ बस्ने २५ वर्षीय राम कुमार गुरूङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ना.६४ प २४०८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ४० मिलिग्राम सहित सुनसरी धरान उपमहानगहरपालिका-६ बस्ने २८ वर्षीय करण तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ३० मिलिग्राम सहित सुनसरी रामधुनी नगरपालिका-३ बस्ने २१ वर्षीय दिपेश कार्कीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी मोरङ, सुनवर्षी नगरपालिका-८ हर्सजगडी नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४२ ग्राम ४ सय ४० मिलिग्राम सहित सोही नगरपालिका-८ सिक्टी बस्ने १९ वर्षीय अकमल मियालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी मोरङ, उर्लाबारी नगरपालिका-१ सुकुम्बासी टोल बस्ने २४ वर्षीय भिम बहादुर देवानलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ९० ट्याब्लेट र भोमिन ९० ट्याब्लेट सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । 

झापा, भद्रपुर नगरपालिका-५ मेचीबिटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २१ मिलिग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-९ बस्ने २५ वर्षीय अजय राजवंशी र २२ वर्षीय पर्शुराम राजवंशी रहेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.६ प ४८२९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी झापा, कन्काई नगरपालिका-४ कृषिमार्ग नमुना टोल बस्ने ४० वर्षीया बिमला चौधरीलाई अवैध लागूऔषध गाँजा २ सय ३४ ग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । 

धनकुटा, चौविसे गाउँपालिका-६ राजारानी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय हेम बहादुर विक र चौविसे गाउँपालिका-७ मौनाबुधुक बस्ने ३० वर्षीय भुपेन लिम्बु रहेका छन् । इलाका प्रहरी कार्यालय राजारानीबाट खटिएको प्रहरीले धरानबाट राजारानीतर्फ आउँदै गरेको को.३९ प ३०३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाह ४ नम्बर चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ७० मिलिग्राम र नगद १३ हजार रूपैयाँ सहित बाँके बैजनाथ गाउँपालिका-७ पेडरी बस्ने २४ वर्षीय सरोज कुमार चौधरी समेत २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखर समेतबाट खटिएको प्रहरीले भारतको बलई गाउँबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-‍८ रङ्गशाला नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम २ सय ८० मिलिग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४८ वर्षीय श्याम कुमार श्रेष्ठ र सोही नगरपालिक-६ बस्ने २५ वर्षीय बिजय श्रेष्ठ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले श्याम कुमारको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

सिराहा, लहान नगरपालिका-२ मटिअर्वा टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १६ ग्राम सहित ३ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय बिवेक यादव, सोही नगरपालिका-१ बस्ने ३० वर्षीय सुरेश कुमार साह सुडी र  सोही नगरपालिका-२ बस्ने २७ वर्षीय राज कुमार विश्वकर्मा रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिराहा समेतबाट खटिएको प्रहरीले बिवेकको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी  उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट आठ जना पक्राउ
२०८२-०४-०१

बारा, जीतपुरसिमरा उपमहानगरपालिका-१ पथलैया चोकबाट अवैध लागूऔषध गाँजा करिब ७ किलो ४ सय ७० ग्राम सहित सर्लाही घर भएका ५४ वर्षीय विरेन्द्र चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले नारायणघाटबाट मलंगवातर्फ जाँदै गरेको ना.५ ख ४८२२ नम्बरको बसमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको   हो ।  मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने ४४ वर्षीय रबिन्द्र पुडासैनीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  सुनसरी, धरान उपमहानगरपालिका-१५ भिषण पथबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ६० ट्याब्लेट र नाइट्रोसन २ सय २० ट्याब्लेट सहित ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने सोही उपमहानगरपालिका-५ देउराली घर भएकी २१ वर्षीया ज्योती राई, २६ वर्षीया नुमा लिम्बु र २३ वर्षीया सुजना राई रहेका         छन् । अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । रौतहट, गौर नगरपालिका-१ बाट नियन्त्रित लागूऔषध नाइट्राभेट १ हजार ८ सय ट्याब्लेट, डाईजेपाम ३ सय एम्पुल, फेनारगन ३ सय एम्पुल र बुप्रेनोर्फिन ३ सय एम्पुल सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा राजदेवी नगरपालिका-८ लक्ष्मीपुर बस्ने २३ वर्षीय नितेश कुमार पंडित र ३२ वर्षीय पिन्टु कुमार यादव रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज समेतबाट खटिएको प्रहरीले बीआर ०५ यु ५८६० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । उदयपुर, बेलका नगरपालिका-९ बरगाछीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७६ ट्याब्लेट सहित सोही नगरपालिका -८ लेम्लेमा बस्ने २१ वर्षीया रेजिना राईलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित ६ जना पक्राउ
२०८२-०३-३१

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु ५ किलो ७ सय ४५ ग्राम सहित भारतीय नागरिक २९ वर्षीया LEIYAWON PHUNGTHAR सोमबार दिउँसो पक्राउ परेकी छिन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले एयर एसियाको उडानद्वारा बैंककबाट काठमाडौं आएकी उनलाई जाँच गर्ने क्रममा उनको लगेजबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ । यसैगरी काठमाडौं महानगरपालिका-३१ पुरानो बानेश्वरबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल ५ सय ४० ट्याब्लेट  सहित सोही ठाउँ बस्ने दार्चुला महाकाली नगरपालिका-२ घर भएका २८ वर्षीय रमेश पार्कीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्‍वरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-३ भन्सार एरियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ३ सय ५० मिलिग्राम सहित गौरीगंगा नगरपालिका-८ बस्ने ३१ वर्षीय उमेश चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  ललितपुर, ललितपुर महानगरपालिका-१ कुपण्डोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ट्याब्लेट र नगद ४४ हजार रूपैयाँ सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं थानकोट बस्ने सिन्धुपाल्चोक माङखा घर भएका २३ वर्षीया करूणा कोइराला र काभ्रेपलाञ्चोक गाठेडाँडा घर भएका २३ वर्षीय मनोज तामाङ रहेका छन् । प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले बा.४२ प ९७९ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । नवलपरासी पूर्व, देवचुली नगरपालिका-१२ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ट्याब्लेट र भोमाइन १ सय ५ ट्याब्लेट सहित सोही नगरपालिका-१२ लक्ष्मीपुर बस्ने २३ वर्षीय प्रशान्त थापा मगरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट दलदलेबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित ६ जना पक्राउ
२०८२-०३-३१

काठमाडौं, ३२ असार  काठमाडौं महानगरपालिका-२७ स्थित एक होटलबाट अवैध लागूऔषध एम्फेटामाईन १ सय ५५ ग्राम सहित ४ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट म्यागङ गाउँपालिका-३ घर भएका ३८ वर्षीय कमल बहादुर तामाङ, ३२ वर्षीय दिपेन्द्र तामाङ, बारा जीतपुरसिमरा उपमहानगरपालिका-१६ घर भएका २९ वर्षीय उग्रेन लामा र २७ वर्षीय उमेश भोलोन रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  सुनसरी, धरान उपमहानगरपालिका-१७ साकेला थानबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७ सय ६० ट्याब्लेट र डिकोलिक ८ सय ट्याब्लेट सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१० बस्ने २४ वर्षीय अंकित राई र सोही उपमहानगरपालिका-६ बस्ने २१ वर्षीय भरत मगर रहेका छन् । अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट चार जना पक्राउ
२०८२-०३-३१

काठमाडौं, ३२ असार कैलाली, धनगढी उपमहानगरपालिका-१० बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ४ सय ४० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१२ डि गाउँ बस्ने २५ वर्षीय धर्मेन्द्र सिंहलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले बा.प्र.०२-०३४ प ८०१९ नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, रंगेली नगरपालिका-२ आमतोलाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १ सय ५५ ट्याब्लेट सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा झापा दमक नगरपालिका-९ बरगाछी बस्ने ३५ वर्षीय शिव कुमार सोरेन र कमल गाउँपालिका-१ सरणपाडा बस्ने ३३ वर्षीय आकाश खड्का रहेका छन् । इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले कर्सियाबाट रंगेलीतर्फ आउँदै गरेको को.२५ प ८१३८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारस्थित सडकबाट नियन्त्रित लागूऔषध डाईजेपाम १ सय एम्पुल, फेनारगन १ सय एम्पुल र बुप्रेनोर्फिन १ सय एम्पुल सहित नवलपरासी पश्‍चिम सरावल गाउँपालिका-६ बरसारे बस्ने ३१ वर्षीय सन्दीप केवटलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले वीरगंजबाट स्याङजा वालिङतर्फ जाँदै गरेको ग.१ ख ७६२५ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८२-०३-३०

  काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम सहित रूपन्देही बुटवल उपमहानगरपालिका-११ बस्ने २३ वर्षीय अभिशेक श्रेष्ठलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले काँकरभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा प्र.०१-००६ ख ४७९६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  धादिङ, बेनीघाट रोराङ गाउँपालिका-२ आँपटारबाट अवैध लागूऔषध गाँजा करिब १ सय ४३ किलो ८ सय ४० ग्राम सहित भारत बिहार मोतिहारी थाना रक्सोल नोइपाढीह-४ सहदेवा बस्ने ४५ वर्षीय सरहज मियाँलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गजुरी र प्रहरी चौकी ताल्तिबाट खटिएको प्रहरीले कान्द्राङगढीबाट मलेखुतर्फ आँउदै गरेको बिआर ०६ पिसि ११६७ नम्बरको गाडीलाई जाँच गर्दा उक्त परिमाणको गाँजा फेला पारी चालक मियाँलाई पक्राउ गरेको हो । सिराहा, गोलबजार नगरपालिका-३ जम्दहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६० मिलिग्राम सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ बस्ने २० वर्षीय जय कुमार नायक र मिर्चैया नगरपालिका-७ बस्ने २७ वर्षीय रंजित कुमार मण्डल रहेका छन् । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।