प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सशस्त्र प्रहरी सहायक निरीक्षक पदमा नाम निकालीदिन्छु भनि ठगी गर्ने व्यक्ति पक्राउ

२०८२-०३-११

  • A
  • A-
  • A+
Share

काठमाडौं, सशस्त्र प्रहरी सहायक निरीक्षक पदमा नाम निकालीदिन्छु भनि ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१५ बस्ने ४७ वर्षीय सोम कौशिक क्षेत्रीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

सशस्त्र प्रहरी सहायक निरीक्षक पदमा नाम निकालीदिन्छु भनि पीडितलाई ईसेवा तथा विभिन्न बैंक खाताहरूमा ४ लाख ९१ हजार रूपैयाँ जम्मा गर्न लगाई ठगी गरी फरार भएको घटनामा जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी समेत जारी भएका सोमलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले नागार्जुन नगरपालिका-७ रामकोटबाट पक्राउ गरेको हो । 

उनलाई ठगी  सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

सम्बन्धित समाचार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ
२०८२-०३-३१

काठमाडौं, ३२ असार, वैदेशिक रोजगरीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुरथिमी नगरपालिका-३ बस्ने बारा निजगढ नगरपालिका-१२ घर भएका ४० वर्षीय राम बहादुर थिङ, काठमाडौं महानगरपालिका-१४ बस्ने चितवन राप्ती नगरपालिका-१ घर भएका ५३ वर्षीय प्रेम कृष्ण श्रेष्ठ, काठमाडौं महानगरपालिका-२६ बस्ने सोलुखुम्बु माप्य दुधकोशी गाउँपालिका-४ घर भएका ३० वर्षीय सबिक राई, काठमाडौं टोखा नगरपालिका-३ बस्ने ललितपुर महानगरपालिका-३ घर भएका ४४ वर्षीय मनोज महर्जन र काठमाडौं महानगरपालिका-९ बस्ने २३ वर्षीया दिप्ती केसी रहेका छन् । पक्राउ मध्ये राम बहादुरले मलेसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ९९ सय हजार रूपैयाँ, प्रेम कृष्णले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ, सबिकले कतार पठाइदिन्छु भन्दै १० जना पीडितहरूबाट ३ लाख ५० हजार रूपैयाँ, मनोजले क्यानडा पठाइदिन्छु भन्दै १० जना पीडितहरूबाट १ करोड ३४ लाख २५ हजार रूपैयाँ र दिप्तीले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १३ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राम बहादुरलाई भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ बाट र दिप्तीलाई काठमाडौं महानगरपालिका-१ बाट आइतबार तथा प्रेम कृष्णलाई काठमाडौं महानगरपालिका-१ बाट, सबिकलाई काठमाडौं महानगरपालिका-२६ बाट र मनोजलाई काठमाडौं महानगरपालिका-३ बाट सोमबार पक्राउ गरेको    हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

नक्कली नोट र अवैध लागूऔषध अफिम सहित पाँच जना पक्राउ
२०८२-०३-३१

सुर्खेत, ३२ असार, नक्कली नोट र अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जाजरकोट कुशे गाउँपालिका-५ घर भएकी २२ वर्षीया दिलमाया सिंह ठकुरी, सोही गाउँपालिका-५ खुर्पा घर भएका ३३ वर्षीय राम बहादुर सिंह, सोही गाउँपालिका-७  समकोट गमौडी घर भई सुर्खेत भेरीगंगा नगरपालिका-१२ ठकुरी टोल डेरा गरी बस्ने ३५ वर्षीय कृष्ण बहादुर वली, ३८ वर्षीय प्रेम बहादुर विक र कालिकोट नरहरीनाथ गाउँपालिका-४ घर भई बाँके कोहलपुर नगरपालिका-११ न्यूरोडमा जनगर्जन नेटवर्क प्रा.लि. मिडिया सञ्चालन गरी बस्ने ३४ वर्षीय मन बहादुर सहकारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले वीरेन्द्रनगर नगरपालिका-१० शान्ति टोलबाट दिलमायालाई नेपाली एक हजार दरका ६ थान नक्कली नोट सहित सोमबार दिउँसो पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा राम बहादुर र दिलमायाको डेरा कोठा तलासी गर्दा थप नेपाली एक हजार दरका १ हजार २ सय ३६ थान नक्कली नोट फेला परेको थियो । साथै कृष्ण बहादुर र प्रेम बहादुरको डेरा कोठा तलासी गर्दा अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ ११ किलो ३ सय ७२ ग्राम सहित फेला पारी उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । घटनाको थप अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय सुर्खेत तथा इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेबाट खटिएको प्रहरीले मन बहादुरले संचालन गरेको जनगर्जन नेटवर्क प्रा.लि तथा उनको कोठा तलासी गर्दा नेपाली एक हजार दरका ५१ थान नक्कली नोट, अफिम जस्तो देखिने पदार्थ १९ किलो ३ सय ग्राम, प्रिन्टर १ थान, सिपियु १ थान, मोनिटर १ थान, किबोर्ड १ थान, माउस १ थान लगायतका सामान फेला पारी मंगलबार बिहान पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नक्कली सुन देखाई ठगी गर्ने तीन जना पक्राउ
२०८२-०३-३१

काठमाडौं, ३२ असार, नक्कली सुन देखाई ठगी गरेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर सातदोबाटो बस्ने ताप्लेजुङ फाकुम्बा गाउँपालिका-६ घर भएका ६० वर्षीय कर्णध्वज लिम्बु, रामेछाप शैलुङ्ग गाउँपालिका-८ दोरम्बा घर भएका ३६ वर्षीय बिजय तामाङ र ताप्लेजुङ मेरिङदेन गाउँपालिका-२ घर भएका ४४ वर्षीय बिरेन लिम्बु रहेका छन् । सुन जस्तो देखिने धातुको ढिक्कालाई सुन हो सस्तोमा दिन्छु भनी प्रलोभनमा पारी २०८१ मंसिर ८ गते ललितपुर, ललितपुर महानगरपालिका-२१ खोकना बस्ने एक जना पीडितबाट नगद २५ लाख रूपैयाँ र २०८२ असार १८ गते भक्तपुर सूर्यविनायक नगरपालिका-४ बस्ने काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका-१ घर भएका एक जना पीडितबाट नगद ७ लाख रूपैयाँ ठगी गरी फरार रहेको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं टोखा नगरपालिका-५ श्रीटोलबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।