बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०३-१२
- A
- A-
- A+
काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-११ बबरमहल बस्ने नुवाकोट तादी गाउँपालिका-२ घर भएका ३९ वर्षीय प्रकाश कट्टेललाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
उक्त मुद्दामा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-११ बबरमहलबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मोरङ पठाइएको छ ।