प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

२०८२-०३-१२

  • A
  • A-
  • A+
Share

पाल्पा, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पूर्वखोला गाउँपालिका-१ गुनडाँडा बस्ने पूर्ण बहादुर सार्कीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

आफ्नै सासु ५५ वर्षीया चिनीसरा सार्कीको २०६१ असार १९ गते कुटपिट गरी हत्या गरी वारदात पश्चात फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले बाँके नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट पक्राउ गरेको   हो । 

उनी उपर जिल्ला अदालत पाल्पाबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-११-२७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर, ललितपुर महानगरपालिका-१ बस्ने मोरङ पथरी शनिश्चरे नगरपालिका-३ घर भएका २२ वर्षीय सम्योग राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । राईले ग्रीस पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-१३ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशीक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।