कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०३-१२
- A
- A-
- A+
पाल्पा, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पूर्वखोला गाउँपालिका-१ गुनडाँडा बस्ने पूर्ण बहादुर सार्कीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
आफ्नै सासु ५५ वर्षीया चिनीसरा सार्कीको २०६१ असार १९ गते कुटपिट गरी हत्या गरी वारदात पश्चात फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले बाँके नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट पक्राउ गरेको हो ।
उनी उपर जिल्ला अदालत पाल्पाबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।