अवैध लागूऔषध सहित दुई जना पक्राउ
२०८२-०३-१२
- A
- A-
- A+
रौतहट, गौर नगरपालिका-१ भन्सार कार्यालय अगाडिबाट नियन्त्रित लागूऔषध नुर्फिन ५० एम्पुल, सेरेज्याक ५० एम्पुल र फेनारगन ५० एम्पुल सहित स्याङ्जा हरिनास गाउँपालिका-४ बस्ने ३१ वर्षीय निल कुमार थापा मगरलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
ललितपुर, गोदावरी नगरपालिका-११ झररासी मोडबाट अवैध लागूऔषध गाँजा २ किलो ३ सय ८० ग्राम सहित बाग्मती गाउँपालिका-२ माल्टा बस्ने २९ वर्षीय नविन दाहाललाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।