करिब २ सय १२ किलो गाँजा सहित चार जना पक्राउ
२०८२-०३-१४
- A
- A-
- A+
बारा, परवानीपुर गाउँपालिका-५ बहुअरीबाट अवैध लागूऔषध गाँजा करिब २ सय १२ किलो ९ सय २८ ग्राम सहित ४ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मकवानपुर थाहा नगरपालिका-४ पालुङ बस्ने २८ वर्षीय रबि कार्की, सोही नगरपालिका-१२ टिसटुङ बस्ने ४६ वर्षीय बिर बहादुर गोले, हेटौंडा उपमहानगरपालिका-१४ उतरपानी बस्ने २३ वर्षीय साजन मुक्तान र धादिङ थाक्रे गाउँपालिका-७ आपसी चोक बस्ने ३१ वर्षीय महेश तमाङ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बारा, इलाका प्रहरी कार्यालय प्रसौनी र इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले हेटौंडाबाट बारातर्फ आउँदै गरेको प्र.३-०१-०२४ च ४६३० नम्बरको पिकअप गाडीलाई जाँच गर्ने क्रममा धानको भुसको बोरामा लुकाई छिपाई ल्याएको उक्त परिमाणको गाँजा फेला पारी चालक रबि र गाडीमा सवार बिर बहादुर, साजन र महेशलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।