अवैध लागूऔषध सहित दुई जना पक्राउ
२०८२-०३-१६
- A
- A-
- A+
सुनसरी, धरान उपमहानगरपलिका-१३ निशाने डाँडाबाट अवैध लागूऔषध गाँजा करिब ५५ किलोग्राम सहित धनकुटा सहिदभूमि गाउँपालिका-२ बस्ने ५४ वर्षीय तेज बहादुर राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको बा.३ ख १८९७ नम्बरको बसमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
झापा, भद्रपुर नगरपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ७ मिलिग्राम सहित बिर्तामोड नगरपालिका-४ बस्ने ३२ वर्षीय धर्मा कुमार शर्मालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।